stadium nirman commitee kurseong
stadium nirman commitee kurseong

स्टेडियम निर्माण कमिटीद्वारा हस्ताक्षर अभियान

Share this news

खरसाङ, (मोहन प्रसाद)ः खरसाङ्मा यथाशीघ्र एउटा स्टेडियमको निर्माण हुनुपर्छ भन्ने मागमाथि जोर दिँदै हालैमा खरसाङ्मा स्थापित खरसाङ स्टेडियम निर्माण कमिटीद्वारा शनिवार खरसाङ बजारमा एउटा सामूहिक हस्ताक्षर अभियानको आयोजना गरियो। यस अभियानमा जनसाधरणहरू संगै भारतका महिला फुटबल टिमका प्रमुख कोच क्रिस्पिन छेत्रीले पनि आफ्नो सहभागिता दर्शाउँदै हस्ताक्षर गरे अनि खरसाङ्मा स्टेडियम निर्माणको मागमाथि जोर दिए।
यस अवधि पत्रकारहरूद्वारा सोधिएकोमा क्रिस्पिन छेत्रीले बताए अनुसार, खरसाङ्मा आयोजित यस हस्ताक्षर अभियान मार्फत्‌‍ तिनले खरसाङ्मा एउटा स्टेडियमको आवश्यक रहेको अनि सोही अनुरूप यहाँ स्टेडियम निर्माण हुनुपर्छ भनी माग बल दिएको बताए । तिनले थप बताए अनुसार, खरसाङ्मा स्टेडियमको निर्माण केवल तिनको निम्ति मात्र होइन तर समस्त खरसाङ्का खेलाड़ी, आउँदो पिँढ़ीको निम्ति हो। दार्जीलिङ, कालेबुङ यहाँसम्म कि मिरिकमा पनि खेल मैदानहरू रहेका छन्‌‍ तर दुःखको विषय खरसाङ्मा खेल्नको निम्ति कुनै खेल मैदान नै छैन । यो हस्ताक्षर अभियान अन्तर्गत खरसाङ्मा स्टेडियम निर्माणमाथि जोर दिँदै सम्बन्धित निकायको ध्यान आकर्षण गर्नको निम्ति एउटा पहल शुरु गरिएको तिनले बताए। तिनले आफू खरसाङबाट नै रहेको अनि वर्तमानमा भारत देशलाई फुटबल खेलमा प्रतिनिधित्व गरिरहेको बताउदै स्टेडियम निर्माणको कति महत्व रहेको भन्ने बारेमा क्रिस्पिन छेत्रीले भने, कुनै कलालाई अगाड़ि बढ्नको निम्ति पूर्वाधार चाहिन्छ भन्ने पनि छैन तर यसरी पूर्वाधार बन्यो भने भावी पिँढ़ीलाई एउटा व्यवस्थित प्रकारले अघि लान सकिन्छ। स्टेडियम निर्माणले केवल फुटबल खेलाडीहरूलाई मात्र होइन तर सबै खेललाई नै एउटा व्यवस्थित प्रकारले अघि लान धेरै सहयोग मिल्नेछ।
सामूहिक हस्ताक्षर अभियान कार्यक्रम अन्तर्गत पत्रकारहरूसित बोल्दै, स्टेडियम निर्माण कमिटीका उपाध्यक्ष सञ्जय छेत्रीले उक्त मांग धेरै पुरानो मांग रहेको बताउँदै अब जबर्जस्ती भए पनि खरसाङ्मा स्टेडियम निर्माण गर्नु सक्नु पर्छ भन्ने विषयमा जोर दिए। तिनले भने, दार्जीलिङ, कालेबुङ अनि मिरिकमा पनि खेल मैदान छ, तर खरसाङ्मा अहिले पनि खेल मैदान छैन। खरसाङ्मा स्टेडियमको मागमा धेरै पत्रचारहरू भइसक्यो, धेरै चर्चा भइसक्यो, अब जबर्जस्ती भए पनि स्टेडियम निर्माण गर्न तर्फ कमिटीले कार्य शुरु गरिसकेको छ। तिनले यो पनि जनाए कि खरसाङ्मा सठीक खेल मैदान नहुँदा पनि खरसाङले धेरै उच्च स्तरका खेलाड़ीहरूलाई अघि ल्याइसकेको छ भने स्टेडियम निर्माण भएपछि अझ धेर उच्च स्तरका खेलाड़ीहरूलाई अघि ल्याउन सकिनेछ।
अर्कोतर्फ मीडिया मार्फत्‌‍ कमिटीका अध्यक्ष छिरिङ खाईबाले आउँदो 2026 को विधानसभा चुनाउ अघि नै खरसाङले एउटा स्टेडियम पाएको हुनुपर्छ भन्ने मागमा कमिटी लागि परिरहेको बताए। त्यति मात्र होइन, जुन राजनीतिक दलले वा नेतृत्वले खरसाङ्मा स्टेडियम निर्माणको निम्ति कार्य गर्नेछ, उक्त दल अनि नेतृत्वलाई कमिटीले आउँदो चुनावमा अवश्य समर्थन दिनेछ भनी तिनले बताए। तिनले स्टेडियम निर्माण माथि जोर दिँदै कमिटीले आउँदो दिनमा विविध कार्यक्रमहरूको आयोजन गर्ने, कमिटीका लीगल एडभाइजर एचडब्लु लामा अनि वरिष्ठ अधिवक्ता सपना राईले पनि मीडिया मार्फत्‌‍ स्टेडियम निर्माण माथि जोर दिएका छन्‌‍।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ