ananda-goan-gta-chief
ananda-goan-gta-chief

आनन्द गाउँमा बाटो पुगेकोमा अनित थापालाई धन्यवाद

Share this news

सोनादा , (निसं): बाटो कुनै पनि देशको मेरूदण्ड हुन्छ। बाटो कुनै पनि शहरको प्राण हुन्छ। बाटो कुनै पनि गाउँको धड्कन हुन्छ। तर टुंग सन्त मेरिज समष्टिको आनन्द गाँउसम्म जाने बाटो थिएन। भारत स्वतन्त्रताको यत्रो वर्ष बितिसक्दा पनि यस गाउँमा बाटो नहुँदा मेरूदण्ड बिनाको, प्राण बिनाको, धड्कन बिनाको मान्छे जस्तै बाँचिरहेका थिए।

गाउँमा बिहे हुन्छ, मरौं पर्छ, सुत्केरी हुन्छ, बिरामी हुन्छ। तर गाउँलेहरु बिमारीहरु काँधमा बोकेर चिप्लदैँ लड्दै हिड्न बाध्य थियो। आनन्द गाउँले वर्षौदेखि देखेको सपना थियो बाटो। यस आनन्द गाउँले वर्षौदेखि देखेको बिपना हो बाटो। तर कुनै पनि राजनैतिक पार्टी, कुनै राजनैतिक नेताले गाउँको मनको पीड़ा र गाउँले मागेको गुहार कसैले सुनिदिएको थिएन। गाँउको भोट मात्र प्यारो बनेको थियो उनीहरूलाई। तर गाउँको समस्या चाँहि घाँड़ो मात्र बनेको थियो उनीहरूलाई। एकदिन गाउँको समस्या सुनिदिन जीटीए प्रमुख एंव भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका अध्यक्ष अनित थापा आएर सुनिदिएको गाउँलेहरु बताउँछन्‌‍।

यसको साथै क्षेत्रीय सभासद नुरी शेर्पाले पनि गाउँको समस्या सुनेर पहल गरिदिएको स्थानीयहरु बताउँछन्‌‍। सम्पूर्ण आनन्द गाउँ (च्यान्टे) गाउँवासी जीटीएको प्रमुख कार्यपाल अनित थापालाई हार्दिक धन्यवाद ज्ञापन गरेका छन्‌‍। त्यसरी नै क्षेत्रीय सभासद नुरी शेर्पालाई धन्यवाद टक्राएका छन्‌‍। मार्ग्रेट्स होप चियाबगानका म्यानेजनरलाई पनि बाटो निर्माणका लागि अनुमति दिएकोमा साथै आनन्द गाउँसम्म बाटो पुग्नका लागि विभिन्न जमीन मालिकले पञ्जीकृत जमीनबाट पनि जमिन दिए सबैलाई पनि आभार प्रकट गरिएको छ। त्यस्तो भिरालो अपठ्यारो ठाउँमा रोड बनाउन अनि गाडी गुड्ने बनाईदिने विभागीय अधिकारीहरु सबैलाई गाउँलेहरुले धन्यवाद टक्राएका छन्‌‍।

यसको साथै आईटीआई इडेनभेल्ली चियाबारीका सम्पूर्ण भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको सभापति, सचिव, सदस्यगणलाई पनि बाटो निर्माणका लागि सहयोग पुराएकोमा आनन्द गाउँ, आईटीआई इडेनभेल्ली चियाबारीका सम्पूर्ण गाउँलेहरुको पक्षमा सुदीप थामीले जीटीए प्रमुख अनित थापा, क्षेत्रीय सभासद नुरी शेर्पा र विभागीय अधिकारीहरु र पार्टी प्रतिनिधिहरुलाई धन्यवाद ज्ञापन गरेका छन्‌‍।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ