खरसाङ्मा क्षयरोगमुक्त अभियानलाई लिएर कार्यक्रम अनि बिमारीहरुलाई पोषणयुक्त खाद्यान्न वितरण

Share this news

खरसाङ, (निसं): खरसाङ महकुमा अस्पतालमा सोमबार क्षयरोगमुक्त अभियानलाई लिएर सचेतना कार्यक्रम साथै क्षयरोगका बिमारीहरुलाई पोषणयुक्त खाद्यान्न वितरण कार्यक्रम सम्पन्न भएको छ। भारत सरकार र पश्चिम बंगाल सरकारबाट क्षयरोगमुक्त अभियान घोषणा गरिएपछि इण्डियन रेड क्रस सोसाइटी, खरसाङ महकुमा अस्पतालको टीबी युनिट बसेर यस अभियानलाई अघि बढ़ाउने सोच भएपछि खरसाङ महकुमा शासकको निर्देशनमा यो कार्यक्रम सम्पन्न भएको बताइएको छ। उक्त कार्यक्रम इण्डियन रेड क्रस सोसाइटीको आयोजना तथा खरसाङ व्यवसायी संगठन, इण्डियन रेड क्रस सोसाइटी, सन्त अल्फन्सेस 1986 को ब्याज र डेपुटी म्याजिस्टेटको रामकृष्ण मिशनका 1998 ब्याजले सहयोग गरेका बताइएको छ। यस कार्यक्रममा खरसाङ महकुमा शासक आईएएस बिन्दबासिनी तेजा दिपक, खरसाङ नगरपालिकाको चेयरम्यान ब्रिगेन गुरुङ र भाइस चेयरम्यान सुवास प्रधानले सम्बोधन गरेका थिए। यस कार्यक्रमलाई इण्डियन रेड क्रस सोसाइटीका सचिव विजय सेञ्चुरीले सञ्चालन गरेका थिए। कार्यक्रममा क्षयरोग विषयमा सुपर भाइजर राजु शर्माले विस्तृत जानकारी गराएका थिए। उनले खरसाङ नगरपालिका क्षेत्रमा हालमा 16 जना र खरसाङ खण्ड क्षेत्रमा जम्मा 89 जना क्षयरोगका बिमारीहरु रहेको र खरसाङ्को टीबी सेनिटोरियममा जम्मा 18 जना उपचाराधीन अवस्थामा रहेका बताएका छन्‌‍। यसै कार्यक्रममा खरसाङ नगरपालिका क्षेत्र र खरसाङ खण्ड क्षेत्रका क्षयरोगका 36 जना बिमारीहरुलाई पोषणयुक्त खाद्यान्न वितरण गरिएको छ। ती सबै बिमारीहरुलाई उनीहरुले आगामी 6 महिनासम्म फलोअप गर्ने भएको पनि जानकारी प्राप्त भएको छ। सरकारले 2030 सम्म क्षयरोगलाई पूर्ण रुपमा उन्मूलन पारेर लाने अभियान चलाइरहेको र यसै अभियानलाई साथ दिएर कार्य गरिने भएको पनि जानकारी प्राप्त भएको छ। यस क्षयरोगमुक्त अभियान कार्यक्रम विषयमा पत्रकारहरुसित कुराकानी गर्दै इण्डियन रेड क्रस सोसाइटी खरसाङ्का सचिव विजय सेञ्चुरीले क्षयरोगका बिमारीहरुलाई पोषणयुक्त खाद्यान्न वितरण गर्न साथै भारत सरकार र पश्चिम बंगाल सरकारको क्षयरोगमुक्त अभियान अन्तर्गत खरसाङ्मा कार्यक्रम आयोजना गरिएको जानकारी गराएका छन्‌‍। उनले यसको लागि खरसाङ महकुमा अस्पतालको टीबी युनिट, इण्डियन रेड क्रस सोसाइटी, खरसाङ व्यवसायी संगठन, खरसाङ फार्मेसी संगठन, सन्त अल्फन्सेस विद्यालयका 1986 साल ब्याज साथै मिडियालाई पनि लिएर कार्य गरिने भएको जानकारी गराएका छन्‌‍। सेञ्चुरीले पहिलाको तुलनामा अहिले क्षयरोगको बिमारीहरु कम हुँदै गएको र सरकारले पनि धेरै पहलहरु गरिरहेको र यसमा बिमारीहरु पनि सचेत हुनु पर्ने बताएका छन्‌‍।


Share this news
आजको रोजाइ
प्रथम टी-टेन क्रिकेट टुर्नामेन्टको विजेता दल डीआईबी खरसाङ

प्रथम टी-टेन क्रिकेट टुर्नामेन्टको विजेता दल डीआईबी खरसाङ

स्टेडियम निर्माण कमिटीद्वारा हस्ताक्षर अभियान

स्टेडियम निर्माण कमिटीद्वारा हस्ताक्षर अभियान

आनन्द गाउँमा बाटो पुगेकोमा अनित थापालाई धन्यवाद

आनन्द गाउँमा बाटो पुगेकोमा अनित थापालाई धन्यवाद

इन्टरलोक्युटर बीट मार्नलाई मात्र नियुक्त गरिएको होः एनबी छेत्री

इन्टरलोक्युटर बीट मार्नलाई मात्र नियुक्त गरिएको होः एनबी छेत्री

गोरामुमोद्वारा 21 औँ छैटौँ अनसूची दिवस पालन

गोरामुमोद्वारा 21 औँ छैटौँ अनसूची दिवस पालन

लङ्भ्यू चिया बगानको समस्या समाधान गर्न सबै राजनीतिक दल एकबद्ध हुन पर्छ

लङ्भ्यू चिया बगानको समस्या समाधान गर्न सबै राजनीतिक दल एकबद्ध हुन पर्छ

खरसाङ्मा अन्तर्राष्ट्रिय पर्यावरणीय चलचित्र महोत्सव आरम्भ

खरसाङ्मा अन्तर्राष्ट्रिय पर्यावरणीय चलचित्र महोत्सव आरम्भ

राष्ट्रिय रामार्ग 110 भइसकेको भए तापनि राष्ट्रिय मार्गमा लगाइएको पुराना साईन बोर्डहरू परिवर्तना गर्ने कार्य अझसम्म भएको छैन

राष्ट्रिय रामार्ग 110 भइसकेको भए तापनि राष्ट्रिय मार्गमा लगाइएको पुराना साईन बोर्डहरू परिवर्तना गर्ने कार्य अझसम्म भएको छैन

मुख्य 3 उपलब्धिहरूलाई चिह्नित गर्न समारोह आयोजित

मुख्य 3 उपलब्धिहरूलाई चिह्नित गर्न समारोह आयोजित

मरमा चियाबारीमा थेकचेन नामद्रोलिङ गोम्पाको निर्माण शुरू हुने

मरमा चियाबारीमा थेकचेन नामद्रोलिङ गोम्पाको निर्माण शुरू हुने

आजको रोजाइ