खरसाङमा सांस्कृतिक पर्व असार पन्ध्र पालन

Share this news

खरसाङ, 29 जून (निसं)ः खरसाङका मानिसहरूले असार 15 दहीचिउरा अनि अन्य स्वदिष्ट खानेकुरो खाएर पालन गरेका छन्। असार 15 विक्रम सम्वतको असार महिनाको 15 गते पालन गरिन्छ। आइतवार असार 15 को अवसरमा खरसाङका धेरै मानिसहरूले बिहानै उठेर आफ्नो घरमा अघिबाटै ल्याइएको दही, चिउरा, अनि भान्सामा स्वदिष्ट खानेकुरो तयार गरेर परिवारको साथमा असाल 15 पालन गरेका छन्। मानिसहरूले यो पर्व पालन गर्दै आफ्ना छिमेकी, इष्टमित्रहरूको साथमा पनि दहीचिउरा अनि आफूले तयार पारेको मिठो खानेकुरो आदानप्रदान गरेको पनि देखिएको छ। आइतवार बिहानैदेखि सामाजिक सञ्जाल फोसबुकमा मानिसहरूले दहीचिउरा अनि आफ्नो घरमा तयार गरिएका स्वदिष्ट पकवान, फलफूलको फोटो अपलोड गरेर आफ्ना साथीभाई, शुभचिन्तक अनि आफन्तजनमा असार 15 को शुभकामना आदानप्रदान गरेका थिए। असार 15 को अघिल्लो दिन शनिवार खरसाङको विभिन्न दोकानहरूबाट चिउरा अनि दही राम्रोसित बिक्री भएको थाहा लागेको छ। कतिपय दोकानहरूमा बेलुकाको समयमा चिउरा सकिएको थियो भने दही कतिपय दोकानमा सधैँको भन्दा अधिक बिक्री भएको थियो। असारको 15 नेपाली भाषी समाजमा दहीचिउरा खाएर पालन गरिने परम्परा रहेको छ भने यस दिन धान रोपाईको व्यस्त दिन पनि मानिन्छ। अघिको समयमा नापाली भाषीहरूको प्रमुख पेशा खेतीपाती थियो। मानिसहरूले असारको 15 लाई धान रोपाई आरम्भको शुभ दिन मान्ने चलन पनि छ। यस दिन खेतमा सबै मिलेर धान रोपाई गर्दै व्यस्त रहने र व्यस्ताको समयमा दहीचिउरा खाने चलन रहेको पाइएको छ। असारको 15 मा धान रोपाई गर्दै हिलो खेल्ने, हिलो छेपाछेप गर्ने, जुहारी गीत, हाक्पारे गीत गाउँदै नाचगान गर्ने चलन पनि रहेको बताइन्छ। खरसाङ लगायत दार्जीलिङ पहाड़को धेरै स्थानमा अहिले धान रोप्न छोड़िएको छ। तथापि कतिपय स्थानमा अझ पनि धानको खेती गरिन्छ। धानको खेती गरिने गाउँबस्तीहरू बुङकुलुङ, दुधे, रोहिणी, बाघमारा बस्ती आदि स्थानमा धान रोपाई गर्दै असार 15 पालन गरिएको खबर छ। नेपाल एउटा कृषि प्रधान देश मानिन्छ, नेपाल सरकारले असार 15 लाई धान दिवसको रुपमा 2004 मा नै घोषणा गरिरहेको छ। नेपाली भाषीहरूको सांस्कृतिक पर्व असार 15 खरसाङका धेरै मानिसहरूले दहीचिउरा अनि अन्य स्वदिष्ट खानेकुरो खाएर एकअर्कासित शुभकामाना आदानप्रदान गर्दै असार 15 सांस्कतिक पर्वलाई पालन गर्ने प्रक्रियालाई यथावत राखेका छन्।


Share this news
आजको रोजाइ
रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

गोदावरी फूलको प्रदर्शनी र बिक्री

गोदावरी फूलको प्रदर्शनी र बिक्री

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तण्डु र बामनडाङ्गामा राहत वितरण

तण्डु र बामनडाङ्गामा राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान