Vinay Tamang's fierce rebuttal and slander

विनय तामाङको घोर प्रतिवाद एवं भत्सर्ना

Share this news

गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन पूर्व प्रमुख तथा वर्तमान सभासद, विनय तामाङले आसाम राज्यको विश्वनाथ जिल्लाका डिस्ट्रीक्ट कलेक्टर मुनिन्द्रनाथ नागटेले गोर्खाप्रति गरेको दुर्यवहारको भत्सर्ना गरेका छन्। उनले भनेका छन्, गत केही दिन अघि आसाम राज्यको विश्वनाथ जिल्लाका डिस्ट्रीक्ट कलेक्टर (जसलाई डिस्ट्रीक्ट मजिस्ट्रेट पनि भनिन्छ) मुनिन्द्रनाथ नागटेले हाम्रा गोर्खे सन्तानलाई फोन मार्फत ४ दिनभित्र बुलडोजर लगाएर घर भत्काइदिने अनि नेपाल खेद्ने जुन धम्कि दिएका थिए, नागटेको उक्त आसामाजिक, साम्प्रदायिक अनि गोर्खाजातिप्रति अपमानित वक्तव्यको घोर प्रतिवाद एवं भत्सर्ना गरेको बताएका छन्।
तामाङले यसको घटनाको भारतव्यापी विरोध हुनपर्छ, अब विदेशीको लाञ्छना सहन हुनेछैन भन्दै नश्लवादको विरोध गर्ने सबै गोर्खाहरूलाई आह्वान गरेका छन्।
आसाम राज्यका हाम्रा गोर्खा समाजका आग्सु, भारतीय गोर्खा परिसघं, आसाम गोर्खा सम्मेलन लगायत अन्य गोर्खाली समाजहरूले देखाएका एकता अनि विरोधका कारण आसाम सरकारले मुनिन्द्रनाथ नागटेलाई विश्वनाथ जिल्लाबाट १३ जुलाई, २०२५ को दिन स्थानान्तरण गरिदिएको छ। यसको निमित्त तामाङले आसाम सरकारप्रति आभार प्रकट गर्दै मुनिन्द्रनाथ नागटेमाथि साम्प्रदायिक भड़काव वयान दिएकोमा अनि गोर्खा जातिलाई अपमान गरेकोमा अनुशासनत्मक कार्यवाही अनि उचित कानुनी कार्यवाही गरिदिने अनुरोध पनि गरेका छन्। उनले मुनिन्द्रनाथ नागटेले यथाशीघ्र गोर्खाजातिप्रति माफी मागेको हुनपर्ने माग पनि गरेका छन्।


Share this news
आजको रोजाइ
संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न