Venezuelan opposition leader María Corina Machado

मचाडोले लिन सकिनन् नोबेल शान्ति पुरस्कार

Share this news

भेनेजुएलाकी विपक्षी नेता मारिया कोरीना मचाडो नोबेल शान्ति पुरस्कार वितरण समारोहमा उपस्थित हुन सकिनन्। मारियाको सट्टामा उनकी छोरी एना कोरिना सोसाले नर्वेको ओस्लोमा यो पुरस्कार ग्रहण गरिन्। एनाले समारोहमा आफ्नी आमाले लेखेको भाषण पनि पढेर सुनाइन्। आफ्नो लिखित सन्देशमा मचाडोले लोकतन्त्र र स्वतन्त्रताको रक्षा गर्नका लागि सङ्घर्ष आवश्यक रहेको उल्लेख गरेकी छन् । उनले यो पुरस्कार भेनेजुएलाका लागि मात्र नभई सम्पूर्ण विश्वका लागि महत्त्वपूर्ण रहेको बताइन् । मचाडोमाथि यात्रा प्रतिबन्ध लगाइएको छ। उनी एक वर्षभन्दा अधिक समयदेखि लुकेर बसिरहेकी छन्, त्यसैले उनी समयमै ओस्लो पुग्न सकिनन्। यद्यपि, नोबेल कमिटीका अनुसार मचाडो बाटोमा छिन् र रातिसम्म ओस्लो पुग्न सक्नेछिन् । मचाडोलाई अक्टोबर १० मा भेनेजुएलामा लोकतन्त्र पुनस्र्थापित गर्ने प्रयासका लागि नोबेल शान्ति पुरस्कारका लागि छनोट गरिएको थियो।

पुरस्कार लिनका लागि मचाडोकी आमा र उनका तीन छोरीहरू ओस्लो पुगेका थिए। अर्जेन्टिनाका राष्ट्रपति जेभियर माइली लगायत धेरै ल्याटिन अमेरिकी नेताहरू पनि समारोहमा उपस्थित थिए। नोबेल कमिटीले मचाडोकी छोरीलाई उनको शान्ति पुरस्कार प्रदान गरेर सम्मान गर्यो। आफ्नो लिखित भाषणमा मचाडोले भेनेजुएला बिस्तारै तानाशाहीतर्फ गएको र मानिसहरूले यसलाई समयमै बुझ्न नसके को बताइन्। उनले पूर्व राष्ट्रपति ह्युगो चाभेज र वर्तमान राष्ट्रपति निकोलस मादुरोमाथि लोकतन्त्र कमजोर पारेको आरोप लगाइन्। सन् २०२४ मा मचाडोलाई राष्ट्रपति चुनाउ लड्झबाट रोकिएको थियो, जबकि उनले विपक्षी प्राइमरीमा ठूलो जीत हासिल गरेकी थिइन्।

यसपछि सरकारको कारबाही बढ्दा उनी अगस्त २०२४ देखि लुकेर बस्न थालेकी हुन्। मचाडोले लोकतन्त्रको लडाईंका लागि सन् २०२५ नोबेल शान्ति पुरस्कारसँगै अन्य पुरस्कार र सम्मान पनि पाएकी छन् । सन् २०२४ मा युरोपेली संसदले उनलाई र एडमुन्डो गोन्जालेजलाई लोकतन्त्रको रक्षाका लागि यो पुरस्कार दिएको थियो । सोही वर्ष काउन्सिल अफ युरोपले मानव अधिकारका लागि उनको मेहनतको सम्मान गर्दै वाच्लाव हावेल मानव अधिकार पुरस्कार दिएको थियो।

यही वर्ष जेनेभा समिट फर ह्युमन राइट्सले उनलाई र गोन्जालेजलाई करेज अवार्ड दिएको छ । उनले सन् २०१८ बीबीसी सम्मानमा पाएकी थिइन् । बीबीसीले उनलाई विश्वका १०० सबैभन्दा प्रभावशाली महिलाहरूमा समाबेश गरेको थियो । मचाडो सन् २०२४ को चुनावअघि विपक्षकी राष्ट्रपति उम्मेदवार थिइन्, तर भेनेजुएला सरकारले उनको उम्मेदवारी रद्द गर्यो।

त्यसपछि उनले अर्को पार्टीका प्रतिनिधि एडमन्डो गोन्जालेज उर्रुतियालाई समर्थन गरिन्। यसलाई अन्तर्राष्ट्रिय समर्थन पनि प्राप्त भयो। भेनेजुएलामा मचाडो समर्थक पार्टीले स्पष्ट जित हासिल गयो, तर शासनले चुनाव परिणाम स्वीकार गरेन र सत्तामा कब्जा जमाइ रह्यो। मचाडो संसारमा पहिलो पटक तब चर्चामा आइन् जब उनले भेनेजुएलाका तत्कालीन राष्ट्रपतिको भाषण रोकिदिएकी थिइन्। यो घटना जनवरी १४, २०१२ को हो। चाभेज संसदमा ९ घण्टा ४५ मिनटको भाषण दिइसकेका थिए। त्यही बेला मचाडोले चिच्याउँदै उनलाई ‘चोर’ भनिन् र मानिसहरूको जफत गरिएको सम्पत्ति फिर्ता गर्न माग गरिन्। यसको जवाफमा चाभेजले उनी बहस गर्न योग्य नभएकोले बहस नगर्ने बताए। यो घटना देशभर चर्चाको विषय बन्यो र मचाडोलाई एक साहसी विपक्षी नेताको रूपमा स्थापित गर्यो।


Share this news
आजको रोजाइ
Constitution of India in Nepali: First and Chief Translator Shri Kuber Chandra Dahal

नेपाली भाषामा भारतको संविधान : प्रथम अनि प्रधान अनुवादक श्री कुबेरचन्द्र दाहाल

उत्तर बंगाल मेडिकल कलेज औ अस्पतालमा रोगीको मृत्यु, चिकित्सक-नर्स अनि मृतकका परिवारबीच हातापाईं

उत्तर बंगाल मेडिकल कलेज औ अस्पतालमा रोगीको मृत्यु, चिकित्सक-नर्स अनि मृतकका परिवारबीच हातापाईं

Venezuelan opposition leader María Corina Machado

मचाडोले लिन सकिनन् नोबेल शान्ति पुरस्कार

प्रधानमन्त्री मोदी र स्वास्थ्य मन्त्री नड्डाप्रति बिष्टको कृतज्ञता व्यक्त

प्रधानमन्त्री मोदी र स्वास्थ्य मन्त्री नड्डाप्रति बिष्टको कृतज्ञता व्यक्त

बालअधिकार ऐन र सेवामाथि जागरूकता र संवेदनशीलता कार्यक्रम

बालअधिकार ऐन र सेवामाथि जागरूकता र संवेदनशीलता कार्यक्रम

मत्स्य विभागीय सचिवद्वारा जिल्लामा औपचारिक भ्रमण

मत्स्य विभागीय सचिवद्वारा जिल्लामा औपचारिक भ्रमण

निरङ्कर थापाकृत “मार्साङ”लाई शशिप्रभा स्मृति पुरस्कार दिइने

निरङ्कर थापाकृत “मार्साङ”लाई शशिप्रभा स्मृति पुरस्कार दिइने

नाटक-एक जीवनशैली: ललित तिवारीको रंगमञ्चीय संकल्प

नाटक-एक जीवनशैली: ललित तिवारीको रंगमञ्चीय संकल्प

icds inaugration

आईसीडीएस केन्द्रको नव निर्मित भवनको सोमवार उद्घाटन गरियो

न्यूनतम रोज लागु गरेर सबै सहुलियत प्रदान गरिएको खण्डमा चिया बगान श्रमिकहरूको हाजिरा 8 सय भन्दा माथि हुनेछः आरबी लामा

न्यूनतम रोज लागु गरेर सबै सहुलियत प्रदान गरिएको खण्डमा चिया बगान श्रमिकहरूको हाजिरा 8 सय भन्दा माथि हुनेछः आरबी लामा

आजको रोजाइ