Nirankar Thapakrit "Marsang"
Nirankar Thapakrit "Marsang"

निरङ्कर थापाकृत “मार्साङ”लाई शशिप्रभा स्मृति पुरस्कार दिइने

Share this news

साहित्य सुनौं परिवार मिरिक अनि रिपोर्टर्स क्लब अफ मिरिकको आयोजना अनि साहित्यकार विजय वान्तवा “कैलाशी”को प्रायोजनामा सम्पन्न हुने चौथो शशिप्रभा स्मृति पुरस्कार २०२५ निरङ्कर थापालाई उनको उपन्यास मार्साङ-का लागि प्रदान गरिने भएको छ। साहित्यकार विजय वान्तवा “कैलाशी”ले आफ्नो धर्मपत्नी स्व. शशिप्रभा वान्तवाको स्मृतिमा वर्ष २०२२ देखि प्रत्येक वर्ष यो पुरस्कार प्रदान गर्दै आइरहेका छन्। आज साहित्य सुनौं परिवार अनि रिपोर्टर्स क्लब अफ मिरिकले संयुक्त पत्रकार सम्मेलन आयोजना गर्दै यो घोषणा गरेको हो। यस क्रममा साहित्य सुनौं परिवारका अध्यक्ष अमर दुङमाली, सचिव यज्ञनिधि ढकाल, सह सचिव अजम प्रधान, सलाहकार राजबहादुर राई, रिपोर्टर्स क्लब अफ मिरिकका अध्यक्ष मुस्कान राई खेसहाङ, उपाध्यक्ष विनोद प्रसाई अनि सचिव प्रवेश हाङ्खिम उपस्थित थिए। पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै आयोजक समितिको पक्षबाट अजम प्रधानले पुरस्कारको घोषणा गर्दै उपन्यासकार निरङ्कर थापालाई आगमी २७ दिसम्बर गिरी जयन्तीको अवसरमा मिरिकमा उक्त पुरस्कार प्रदान गरिने बताए। उनले पुरस्कारमा नगद राशी पचास हजार रूपियाँ, अङ्गवस्त्र अनि स्मृति चिन्ह प्रदान गरिने बताए। उनले चौथो शशिप्रभा स्मृति पुरस्कारका लागि भारतभरिका साहित्यकारहरूको ६५ वटा पुस्तकहरू प्राप्त भएको जसमध्ये प्रथम चरणको छनौटमा जुरीहरूले उत्कृष्ट दस पुस्तकहरू छनौट गरेपछि दोस्रो चरणको छनौटमा जुरीहरूको निर्णय अनुसार उपन्यासकार निरङकर थापाको उपन्यास मार्साङलाई पुरस्कारका लागि छनौट गरिएको बताए।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ