वैकल्पिक राजमार्ग निर्माणसित जोडिएका विविध सम्भावनाहरू

Share this news

 

मिनरल स्प्रीङ 11 जुलाई(निसं): दार्जीलिङ शहरलाई जाम मुक्त राख्न तथा शहरमा देखिने जामको समस्यालाई कम गर्न एउटा अति नै महत्वपूर्ण पहलको रुपमा प्रस्तावित वैकल्पिक राजमार्ग निर्माणको योजनाले आकार लिइरहेको विषयले सबैलाई उत्साहित तुल्याएको छ ‌। केन्द्रीय परिवहन एवं राजमार्ग मन्त्रालय राज्य मन्त्री अजय टामटाद्वारा दार्जीलिङ लोकसभा समष्टिका सांसद राजु विष्टलाई उक्त योजना सम्बन्धित प्रेषित पत्र त्यस पश्चात् दार्जीलिङका यातायात सम्बन्धित विभिन्न योजनागत विषयलाई लिएर सांसदको केन्द्रीय परिवहन मन्त्री नीतिन गडकारीसितको भेटवार्ता आदिले अनि वैकल्पिक राजमार्ग निर्माणसित सम्बन्धित डीपीआरको कार्य अघि बढिरहेको जानकारीले गर्दा भुक्तभोगी जनसाधारणले चाँडै उक्त योजना कार्य रूपमा परिणत हुनेछ भनी ठूलो आशा राखिएको बताउँछन्। प्रस्तावित योजनाले साकार रूप लिएको खण्डमा उक्त सडक मार्गले भेट्ने स्थानहरूको पनि उद्धार भएर जानेछन् भनी प्रस्तावित योजना क्षेत्रमा पर्ने मानिसहरूको भनाई छ। प्रस्तावित वैकल्पिक राजमार्ग निर्माणलाई लेबोङ, दवाईपानी, टिस्टा भनी सम्बोधन गरिए पनि यो योजना अन्तर्गत विभिन्न स्थानहरु समेटिएको छ। लेबोङदेखि पाँच छ किलोमीटर तल झरेपछि शुरू हुने तेर्सो सडकले यात्रालाई सहज र सुगम बनाउनको साथै वाहनहरूलाई इन्धन खपतमा समेत सहयोग पुग्ने संभावना रहन्छ ।यो प्रस्तावित सडक योजनाले लेबोङ देखि ओह्रालोको विभिन्न क्षेत्र तथा गाउँहरू लगायत यता मिनरल स्प्रीङ, दवाईपानी बस्ती, तकदाह चियाबारी, माने डाँडा बस्ती, ग्लेनवर्ण चियाबारी, सुम्बुङ आदि क्षेत्रलाई स्पर्श गर्दै टिस्टासम्म पुग्ने भएको औ उल्लेखित स्थानहरूको सडक सम्पर्क बनिने भनिएको सडक मार्गसित रहेको हुनाले उक्त योजनाले समग्र क्षेत्रलाई नै जोड्ने निश्चित छ भने उक्त योजनाले एउटा ठूलो क्षेत्रलाई नै लाभ पुग्ने छ।कमान, बस्ती हुँदै सडक मार्ग अघि बढ्ने भएको औं तलतिर रूङदुङ खोला साथै ठूल्ठूला मैदान तथा टारहरू अवस्थित हुनाले गर्दा यी स्थानहरूमा पर्यटन व्यवसाय विकसित गर्न सकिने प्रशस्त सम्भावनाहरु रहेको छ। यसको अतिरिक्त स्थानीयहरू आफैले पनि पर्यटन तथा अन्य व्यावसायहरु अप्नाएर जीविकोपार्जन गर्न सक्नेछन् भने प्रस्तावित वैकल्पिक राजमार्ग निर्माणले मूर्त रुप लिएको खण्डमा रोजगारको बाटो खोलिने पनि सम्भावना रहेको छ। केन्द्रीय परिवहन मन्त्री एवं मन्त्रालय समेतले पदक्षेप लिइसकेको वैकल्पिक राजमार्ग निर्माण कार्यले चाँडै व्यवाहारिक रुप लिएको हेर्ने चाहना रहेको स्थानीयहरूको मत छ।



Share this news
आजको रोजाइ
संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न