कल्याण राईको न्यायको निम्ति आज श्रद्धाञ्जली सभा

Share this news

दार्जीलिङ,25 जुलाई(निसं): कल्याण राईको न्यायको निम्ति कल्याणका सम्पूर्ण साथीहरू एक भएका छन्। कल्याण राई दार्जीलिङ सरकारी महाविद्यालय छ्त्र संसदका एक पूर्व कर्मठ सदस्य थिए। आज कल्याणको हत्यामा बिभिन्न राजनैतिक पार्टीमा भएका सम्पूर्ण साथीहरू एक भएर कल्याणको न्यायको निम्ति लागी परेका छन्।यी साथीहरूले 25 जुलाईको दिन चौरस्तामा श्रद्धाञजली सभा गर्ने भएको छ । यस सम्बन्धमा स्वर्गीय कल्याणका साथी राब्गे राईले भने, आज हामी सम्पुर्ण पुरानो छात्र संसदका सदस्यहरू एउटा मञ्चमा आएका छौ। कारण हम्रो साथी कल्याणको सिक्किम राज्यमा जुन हत्या भयो त्यसको हामी घोर बिरोध गर्छौ। उनले सबैलाई कल्याणको निम्ति दार्जीलिङको चौरस्ता परिसरमा मैनबत्ती लिएर आइदिने पनि अपिल गरे। उनले भने, कल्याणको परिवार पक्षसँग बात गर्दा हामीलाई अनौठो लाग्यो। पुलिस प्रशासनले यो घटनामा सजिलो प्रकारले काम गरिरहेको हामीले देख्यौ। र हामी विन्ती गर्छौ। यस घटनालाई उचित छानबिन गरेर सम्बन्धित दोषीहरूलाई पक्राउ गर्नु पर्ने माग गरे। यसै क्रममा प्रवेश राईले पनि भने, कल्याणको हत्यापछि धेरै हातहरू रहेको हामीलाई शंका लागेको छ। हामी न्यायको निम्ति हर सम्भव लड्ने छौ। उनले माग गरे की हत्याराको फोटो सर्वजानिक गरोस। उनले भने, सिक्किम पुलिसको प्रेस स्टेटमेन न्यायोचित लागेको छैन यसैले यसमा पुलिसले उचित छानबिन गरेको हुनुपर्छ।  उनले भने, हामी न्याय कसरी माग्नु पर्छ त्यो पनि जानेका छौ। उनले भने, आज कल्याणका पछि सम्पुर्ण साथी एक छन्। कलयाणको हत्याले सम्पूर्ण साथीहरू एक भएका छन कल्याणका न्यायका निम्ति 25 जुलाई 4:30 बजी दार्जीलिङको चौरस्तामा श्रद्धाञ्जली स्वरूप मैनबत्ती बाल्ने पनि भएका छन्।


Share this news
आजको रोजाइ
संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न