टेलिफोनको पुराना खाँबो र तारहरू बेवास्ता गरिएको गुनासो

Share this news

खरसाङ, 4 जुलाई (निसं)ः अघिको समयमा फलाम अथवा अन्य धातुको खाँबोमा धेरैवटा इन्सुलेटरको सहयोगमा जीआई तारको माध्यमबाट टेलिफोन सेवा प्रदान गरिने गरिन्थ्यो। पछिबाट केबलको प्रयोग हुन थाल्यो अहिले अप्टिकल फाइबरको साथमा केबलको पनि प्रयोग भइरहेको छ। तथापि अघिको तुलनामा अहिले ल्याण्ड लाईन टेलिफोन प्रयोग गर्नेहरूको संख्यामा धेरै कामी आएको छ। धेरै वर्ष अघि प्रयोगमा रहेका टेलिफोनको खाँबोहरू, यसमा रहेका इन्सुलेटर अनि जीआई तार अहिलेसम्म धेरै स्थानमा उठाइएको छैन। त्यस समयका कतिपय टेलिफोनका खाँबोहरूबाट वर्तमानमा केबल टाँगेर लगिएको छ भने धेरै यस्ता टेलिफोनका खाँबोहरू, खाँबोमा रहेका इन्सुलेटरहरू अनि जीआई तार अहिले पनि खरसाङको विभिन्न स्थानमा देखिन्छन्। तथापि यस्ता जीआई तारहरू कतिपय स्थानमा चुड़िएर लत्रिरहेको, झुण्डिरहेको अवस्थामा देखिएका छन् भने कतिपय टेलिफोनका खाँबोहरू झल्किएको, भाँचिएको, तेर्सो परिरहेको अवस्थामा पाइएका छन्। यस्ता टेलिफोनका खाँबो अनि तारहरूको कारण जनसाधरणले भने समस्याको सामना गर्न परिरहेका छन्। खरसाङको लगभग सबै स्थानमा टेलिफोनको यस्ता पुराना खाँबो र तारहरू देखिन्छन्। कतिपय मानिसहरूले समस्याले दिक्क भएर यस्ता खाँबो र तारहरू आफ्नो सुरक्षाको निम्ति हटाइएको पनि पाइएको छ। तथापि विगतको भारत दुर सञ्चार विभाग वर्तमानको भारत सञ्चार निगम लिमिटेडलाई यस्ता पुराना टेलिफोनका खाँबो, खाँबोमा लगाइएका फलामका एङ्गल, इन्सुलेटर, जीआई तारको कुनै वास्ता नरहेको पाइएको छ। कतिपय यस्ता टेलिफोनका पुराना खाँबो भाँचिएर सड़क तर्फ ढल्किएकोले पैदल हिँड़ने मानिसहरूलाई समस्या भएको गुनासो छ भने कतिपयको घरको छेवैमा रहेको यस्ता खाँबो ढल्न लागेको अवस्थामा रहेकोले समस्या भएको गुनासो छ त कतिपय स्थानमा यस्ता पुराना तारहरू चुड़िएर लत्रिएको गुनासोहरू छन्। खरसाङका कतिपय मानिसहरूले यस्ता खाँबोहरू हटाउनको निम्ति निवेदन गर्दा पनि निगमले हटाउने कार्य नगरेको गुनासो गरेका छन्। खरसाङ क्षेत्रमा यसरी कुनै उपयोग बिना रहेका टेलिफोनको खाँबो, खाँबोमा रहेका फलामका एङ्गलहरू, इन्सुलेटर, तार उठाएर बिक्री गरिएको खण्डमा लाखौँ रुपियाँ राजस्व संकलन हुने मानिसहरूको भनाइ छ। यस्ता टेलिफोनका खाँबो, तारहरूको कारण क्षेत्रको सुन्दरतामा असर गरेकोसम्म मानिसहरूको गुनासो छ। निगमले यस्ता खाँबो र तारहरू उठाउनको निम्ति कार्य गर्नु पर्ने मानिसहरूको माग छ।


Share this news
आजको रोजाइ
संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न