स्ट्रीट लाईट सुचारु गर्न पर्ने अनि बाँदरको समस्या समाधान गर्नु पर्ने आवाजको माग

Share this news

खरसाङ, 10 जुलाई (निसं)ः खरसाङ शहर अनि नगरपालिकाको विभिन्न वार्डहरूमा रहेको स्ट्रीट लाईटको समस्यालाई समाधान गर्नु पर्ने माग एक गैरसरकारी संस्था आवाज सोसियल वेलफेयर अर्गनाइजेशनले गरेको छ। संस्थाको तर्फबाट उक्त माग गर्दै यसका अध्यक्ष लोक नारायण प्रधानले भनेका छन्, वर्तमानमा बर्खा यामको मौसम छ, पानी-झरी, हावा-बतासको स्थिति रहन्छ। यस्तो अवस्थामा खरसाङ शहरी क्षेत्रका अधिकांश वार्डहरूमा स्ट्रीट लाईटहरू नबलेको गुनासोहरू प्राप्त भइरहेको छ। यसरी स्ट्रीट लाईटहरू नबलेको कारण मानिसहरूलाई रातिको समयमा आउ-जाउ गर्न धेरै असुविधा भइरहेको छ। खरसाङ शहरको वरिपरि क्षेत्रमा जंगली जनावर, साँपहरूको प्रकोप बढ़ेर गएको अवस्थामा रातिको समय स्ट्रीट लाईट नबलेर अन्धकार हुँदा मानिसहरूको निम्ति जोखिम पनि बढ़ेर गएको छ। यसैले हामी खरसाङ शहरी क्षेत्रका स्ट्रीट लाईटहरू मरमत गरेर सुचारु राख्नको निम्ति माग गर्दछौँ। प्रधानले अघि भनेका छन्, हामीले खरसाङ शहरी क्षेत्रमा गाड़े घाउ जस्तै समस्या बनेको बाँदरको समस्यालाई पनि समय-समयमा उठाइरहेका छौँ। यो समस्या पनि अहिलेसम्म समाधान हुन सकेको छैन। यो समस्यालाई उठाउदै आवाज गैरसरकारी संस्थाले हालैमा 8 जुलाईको दिन खरसाङ नगरपालिका प्रशासनिक बोर्डका अध्यक्ष ब्रिगेन गुरुङसित भेट गरेर एउटा ज्ञापन बुझाएको छ। यसै ज्ञापनमा हामीले खरसाङ शहरी क्षेत्रका मानिसहरूले स्ट्रीट लाईट नबल्दा झेल्न परिरहेको समस्या अनि अन्धकारमा हुन सक्ने सम्भावित दुर्घटना र खतराहरू बारेमा अवगत गराउदै स्ट्रीट लाईटहरूको मरमति गर्ने माग गरेका छौँ। वर्तमामा शहरको अधिकांश क्षेत्रको बाटोहरूमा स्ट्रीट लाईट नबलेको कारण रातिको समयमा हिँड़डुल गर्न साच्चैनै अति गाह्रो भइरहेको छ। हामी शहरी क्षेत्रका स्ट्रीट लाईटहरू सुचारु गर्नको निम्ति पुनः अनुरोध गर्छौँ। तिनले शहरमा बाँदरको उपद्रव बढ़ेको बताउदै भनेका छन्, शहरमा बाँदरको समस्या अहिलेको होइन, वर्तमानमा बाँदरको उप्रद्रव बढ़ेर गएको छ। खरसाङ शहरी क्षेत्रका प्रत्येक मानिस बाँदरको उपद्रवबाट ग्रसित छन्, समय-समयमा हुने बाँदरको आक्रमणले मानिसहरू पिरोलिएका छन्। बाँदरको भयको कारण खरसाङ शहरमा विद्यार्थी, वृद्ध-वृद्धा, साधरण मानिसहरूलाई एक्लै हिँड़नसम्म अप्ठ्यारो स्थिति सृजना भइरहेको छ। यी समस्याहरूलाई नगरपालिका अध्यक्षसित राखेर समाधान गर्ने माग हामीले गरेका छौँ। नगरपालिका अध्यक्षले चाँड़ै स्ट्रीट लाईटहरू सुचारु गर्ने दिशामा कार्य आरम्भ गर्ने अनि शहरमा रहेको बाँदरको समस्या समाधानको निम्ति वन विभागसित मिलेर कार्य गर्ने वचन दिएका बताउदै जनसाधरणले झेल्न परिरहेको समस्याको समाधानको निम्ति नगरपालिकाले अवश्यै कार्य गर्नेछ भनी संस्था विश्‍वस्त रहेको प्रधानले बताएका छन्। प्रधानले नगरपालिका अध्यक्षसितको भेटमा भक्त बहादुर मुखिया, राजु सुब्बा अनि अन्यान्य रहेको पनि जानकारी गराएका छन्।


Share this news
आजको रोजाइ
सांसद राजु विष्टद्वारा प्रधानमन्त्री अनि गृहमन्त्रीप्रति कृतज्ञता

सांसद राजु विष्टद्वारा प्रधानमन्त्री अनि गृहमन्त्रीप्रति कृतज्ञता

गोरामुमोद्वारा प्रधानमन्त्री मोदी र गृहमन्त्रीप्रति आभार व्यक्त

गोरामुमोद्वारा प्रधानमन्त्री मोदी र गृहमन्त्रीप्रति आभार व्यक्त

रामकृष्ण उच्चतर माध्यमिक कन्या विद्यालयकाे‌‌ वार्षिक उत्सव

रामकृष्ण उच्चतर माध्यमिक कन्या विद्यालयकाे‌‌ वार्षिक उत्सव

ब्लु डाइमण्ड स्कूलमा देऊसी भैलो प्रतियोगिताको समापन

ब्लु डाइमण्ड स्कूलमा देऊसी भैलो प्रतियोगिताको समापन

कालिझोडामा द्वारे अनि हाम्रो गाउँ हाम्रो समाधान शिविर

कालिझोडामा द्वारे अनि हाम्रो गाउँ हाम्रो समाधान शिविर

माकपाद्वारा दुधेको तरुवा क्षेत्रमा राहत सामग्रीहरू वितरण

माकपाद्वारा दुधेको तरुवा क्षेत्रमा राहत सामग्रीहरू वितरण

रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

गोदावरी फूलको प्रदर्शनी र बिक्री

गोदावरी फूलको प्रदर्शनी र बिक्री