एसआरबीटी महाविद्यालय तीन कविहरूको जन्म दिवस पालन

Share this news

दार्जीलिङ,16 जुलाई(निसं):दार्जीलिङको श्री रामकृष्ण बीटी महाविद्यालय, दार्जीलिङमा आदिकवि भानुभक्त आचार्य, तुलसीदास र रवीन्द्रनाथ टेगोरको जन्म जयन्ती कार्यक्रम भव्यतासाथ मनायो। कार्यक्रममा महाविद्यालयको प्रमुख शिक्षण प्रभारी लोचन थापा, आईक्यूएसी कोअर्डिनेटर प्राध्यापक खिरण सूवा, प्राध्यापिका डा. प्रियङ्का कुमारी दुवे, शरिरिक शिक्षक कुमार तामाङ अनि अशिक्षण कर्मचारीहरूसहित दोस्रो अनि चौथो सत्रका प्रशिक्षार्थीहरू उपस्थित थिए। कार्यक्रमको थालनीमा उपस्थित सबैले बन्दे मातरम गाएपछि सबै अतिथिहरूलाई खर्दाअर्पण गरिसके पश्चात् महाविद्यालयको शिक्षण प्रभारी लोचन थापा, आईक्यूएसी कोअर्डिनेटर प्राध्यापक खिरण सूवा, प्राध्यापिका डा. प्रियङ्का कुमारी दुवेका बहुलीद्वारा तीनै कविहरूको तस्बिरमा माल्यार्पण लगाएर जलाल। यसपछि स्वागत भाषण प्रशिक्षार्थी सुरक्षा राईले प्रस्तुत गरे। कार्यक्रममा क्रमैले आदिकवि भानुभक्त आचार्य, तुलसीदास, रवीन्द्रनाथ टेगोरका परिचय वा कविताहरू प्रशिक्षार्थीहरू कृति सिंह, लिना छेत्री, लिजा लिम्बू र पुनम पासवानले प्रस्तुत गरेका थिए। त्यसपछि महाविद्यालयको प्रमुख शि.भा लोचन थापाले कार्यक्रमबारे आफ्नो महत्त्वपूर्ण सम्बोधन राखेकी थिइन्। यसपछि आईक्यूएसी कोअर्डिनेटर  प्राध्यापक खिरण सूवाले तीन कविहरूको विशेषता वा प्रवृत्तिहरू आफ्नो सम्बोधनमा प्रस्तुत गरेका थिए भने यसै क्रममा कार्यक्रमको महत्त्वबारे प्रशिक्षार्थीहरूलाई सन्देशमूलक व्यक्तव्य प्राध्यापिका डा. प्रियङ्का कुमारी दुवेले राखेका थिइन्। कार्यक्रममा प्रशिक्षार्थीहरूमाझ गत 3 जुलाईको दिन महाविद्यालयमा सम्पन्न भएको निबन्ध प्रतियोगिताको परिणाम घोषणा भयो। प्रतियोगितामा दोस्रो र चौथो सत्रका प्रशिक्षार्थीहरू 6 जनालाई खदासहित स्मृति चिन्ह प्रदान गरियो। कार्यक्रममा कविता, गीत, नृत्य तथा रामायण पाठ, योग आदि विविध कलाहरू प्रशिक्षार्थीहरूले प्रस्तुत गरेका थिए। कार्यक्रमको अन्तमा चौथो सत्रका सीआर नितेश राईद्वारा धन्यवाद सम्बोधन राखेका थिए भने प्रशिक्षार्थीद्वय सुनैना गजमेर र पासाङ लमु भोटियाले कार्यक्रम सञ्चालन गरेका थिए।

Share this news
आजको रोजाइ
अमेरिका-इरान तनावले भारतीय रुपैयाँ घट्यो, कच्चा तेलको मूल्य $८५ नाघेको छ।

अमेरिका-इरान तनावले भारतीय रुपैयाँ घट्यो, कच्चा तेलको मूल्य $८५ नाघेको छ।

प्रधान,उपप्रधान अन्यले भाजपामा सामेल

प्रधान,उपप्रधान अन्यले भाजपामा सामेल

सफलतामा सिभिक भोलिन्टियर धाविका प्रतिभा राई 

सफलतामा सिभिक भोलिन्टियर धाविका प्रतिभा राई 

विधायक नोमन राईको बीडीओ-सित शिष्टाचार भेट

विधायक नोमन राईको बीडीओ-सित शिष्टाचार भेट

अनुसन्धान आयोगलाई टाउन कमिटीद्वारा स्वागत 

अनुसन्धान आयोगलाई टाउन कमिटीद्वारा स्वागत 

अमर सुब्बाले दरापदेखि सिलगडीसम्म स्वास्थ्य जागरूकता दौड गर्ने

अमर सुब्बाले दरापदेखि सिलगडीसम्म स्वास्थ्य जागरूकता दौड गर्ने

फरेष्ट अफ माई लाइफ बस अनि चित्र बनाउन कार्यक्रम 

फरेष्ट अफ माई लाइफ बस अनि चित्र बनाउन कार्यक्रम 

सोनम वाङचुकको समर्थनमा फिल्म स्टारहरू बाहिर निस्केका छन्

सोनम वाङचुकको समर्थनमा फिल्म स्टारहरू बाहिर निस्केका छन्

पेट्रोलमा २०% इथेनल मिसाउने विरोधबीच, सरकारले २५% बनाउने ?

पेट्रोलमा २०% इथेनल मिसाउने विरोधबीच, सरकारले २५% बनाउने ?

ट्रष्ट साहित्य पुरस्कार वेदिका, पी लक्की, अर्जुन अनि रुबेनलाई 

ट्रष्ट साहित्य पुरस्कार वेदिका, पी लक्की, अर्जुन अनि रुबेनलाई