दार्जीलिङ,16 जुलाई(निसं): विद्यार्थीहरुलाई पर्यावरण अनि वन सम्बन्धमा जागरुक गराउदै वनमहोत्सव-2026 को अवसरमा सञ्चालित जनचेतना कार्यक्रमको एक भागका रूपमा फरेष्ट अफ माई लाइफ थीम-मा दार्जीलिङका विभिन्न ब्लक स्तर अनि नगरपालिका स्तरका सरकारी विद्यालयहरू बस अनि चित्र बनाउने (सिट एण्ड ड्र) तथा निबन्ध लेखन प्रतियोगिता आयोजना गरिएको वन विभाग अधिकारीले जानकारी गराएकोछ।
दार्जीलिङको गोर्खा रङ्गमञ्च भवनमा पर्यावरण संरक्षण तथा संवर्द्धनका लागि एक सातासम्म चल्ने कार्यक्रम अरण्य सप्ताह-2026 को उद्घाटन समारोह विमत सम्पन्न भएको थियो। यस कार्यक्रममा दार्जीलिङ डीएफओ, जिल्ला शासक, जिल्ला पुलिस अधिक्षक,दार्जीलिङ नगरपालिकाका अध्यक्ष तथा दार्जीलिङ विधान सभा विधायक नोमन राई लगायत विभिन्न विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो। कार्यक्रममा योग्य व्यक्तिहरूलाई वन पट्टा (फरेस्ट पट्टा) पनि वितरण गरियो र मञ्चमा विद्यालयका विद्यार्थीहरूद्वारा सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरिएको थियो।












