सिङ्गेलको बाटो अत्यन्तै जिर्ण अवस्थामा पुगेको छ। यस बाटोबाट दैनिक आवतजावत गर्ने नेताहरू अनि सरोकारवालाहरूले पनि समस्या देख्दादेख्दै बेवास्ता गर्दै आएको स्थानीय जनताको आरोप छ। आज CWC सदस्य एवं प्रवक्ता आर.के. शर्मा अनि सिङ्गेल क्षेत्रका समन्वयक अनुजा राई तथा IGJF पार्टीका प्रतिनिधिहरूले सडकको दुर्दशाप्रति क्षेत्रीय सरकारको कडा आलोचना गरेका छन्। जनताको आधारभूत समस्या धरि जानी-बुझी समाधान गर्न नचाहने सरकारप्रति उनीहरूले अब के आश राख्ने ? भन्दै प्रश्न तेर्साएका छन्।









