Signs of revival for 6 Mile Lake

6 माईल‌ झील-ले पुर्नजीवन पाउने संकेत

Share this news

दार्जीलिङ,11 जुलाई(निसं): विलुप्तिको संघारमा पुगेको 6 माईल‌ झील-ले लगभग दुई दशकपछि पुर्नजीवन पाउने संकेत देखापरेको छ। पोखरी बचाउ समिति अनि जोइण्ट म्यानेजिङ कमिटि (जेएमसी) -ले उठान गरेको यो महत्वकांक्षी संयुक्त प्रयासपछि अहिले देखापरेको पोखरीको पुन: स्वरुपले सबैमा काम गर्ने जोश एवं उत्साहको थप रक्त संचार गरिदिएको छ। 6माईल बजार अनि 7 माईल गढी देवी मन्दिरबीच सडक किनाराको यो प्राकृतिक झील जीर्णोद्धारको परियोजनापछि यो क्षेत्र अनि संलग्न ग्रामीण क्षेत्रमा विकसित भइरहेको पर्या पर्यटनले नयाँ गन्तव्य पाउन सक्ने र यसको भर स्थानीय रोजगार र अर्थनीतिमा बल पुग्ने जेएमसी अध्यक्ष विजय कुमार प्रधानले विश्वास व्यक्त गरेका छन्।
यसबीच हाल चलिरहेको पुर्ननिर्माण कार्यबीच हिजो बुधवार 6 माईल लेक परिसरमा विधिवत पूजाअर्चनाको धार्मिक अनुष्ठान गरियो। अविरल झरीको पर्वाह नगरी भेला भएका मानिसहरूले स्थानीय प्रजातिका माछाहरू पोखरीमा छोडेका छन्। यसको साथै मूल बाटो किनारा एकान्त ठाउँमा खडा यो प्राकृतिक लेक-को सुन्दरतासँगै स्वच्छता बनाइराख्न फोहोर, दिशा-पिसाबमुक्त राख्नुपर्ने उनले मानिसहरुसमक्ष अपिल गरेका छन्।


Share this news
आजको रोजाइ
रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

गोदावरी फूलको प्रदर्शनी र बिक्री

गोदावरी फूलको प्रदर्शनी र बिक्री

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तण्डु र बामनडाङ्गामा राहत वितरण

तण्डु र बामनडाङ्गामा राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान