खरसाङमा नेपाली भाषामा बोर्ड लगाउने कार्य हुँदैछ

Share this news

खरसाङ, 8 जुलाई (निसं)ः केही महिना अघि जीटीएले दोकान-पाट, व्यपारिक प्रतिष्ठान, सरकारी-गैर सरकारी कार्यालय, होटल, रेस्टुरेन्ट, संघ-संस्थाको कार्यालयमा नेपाली भाषामा साईन बोर्ड लगाउने निर्देश जारी गरेको थियो। जीटीएको यो निर्देशलाई लागु गराउनको निम्ति खरसाङमा युवा शक्तिका ले एउटा अभियान चलाएको थियो। यस अभियान अन्तर्गत युवा शक्तिका नेतृत्व, कार्यकर्ता र सदस्यहरूले खरसाङ बजारमा घुम्दै पर्चा वितरण गर्ने अनि व्यापारी, होटल-रेस्टुरेन्ट मालिक, संघ-संस्थाका प्रतिनिधि, सरकारी-गैरसरकारी कार्यालयका अधिकाहरूसित अपिल गर्ने कार्य गरेको थियो। त्यसै समय कतिपयले आ-आफ्नो दोकान, होटल, रेस्टुरेन्ट, व्यापारिक प्रतिष्ठानमा नेपाली भाषामा साईन बोल्ड लगाउने कार्य गरेका थिए भने त्यसपछि यो कार्य स्थगित जस्तै देखिएको थियो। तथापि वर्तमानमा एकपछि अर्को गर्दै व्यापारीहरूले आफ्नो दोकान, व्यापिक प्रतिष्ठान, होटल, रेस्टुरेन्टहरूमा नेपाली भाषामा लेखिएको साईन बोर्ड लगाउने कार्य गरिरहेका देखिएको छ। कतिपयले नेपाली भाषामा लेखिएको साईन बोर्ड टीनको पातामा बनाएर लगाउने कार्य गरेको देखिएको छ भने कतिपयले प्सेक्स ब्यानर बनाएर टाँसेको पनि देखिएको छ। यसरी नेपाली भाषामा लेखिएका नयाँ साईन बोर्डहरू खरसाङ बजारको राष्ट्रिय राजमार्ग 110 अनि वर्द्धवान रोड अनि अन्य स्थानमा देखिएका छन्। नयाँ गरी नेपाली भाषामा लेखिएका साईन बोर्डहरू मध्ये कतिपय साईन बोर्ड प्लास्टिको फ्लेक्स अथवा ब्यानरमा रहेका छन्। खरसाङमा धेर जसो संघ-संस्था र दोकानहरूका साईन बोर्डहरू अघिबाटै नेपाली भाषामा लेखिएका थिए। जुन-जुन दोकान-पाट, व्यापारिक प्रतिष्ठान, होटल, रेस्टुरेन्ट, कार्यालयहरूमा नेपाली भाषामा लेखिएका साईन बोर्ड थिएन। ती दोकानहरू मध्ये धेरैले अहिले लगाएका छन्। तथापि अझ पनि धेरैले लगाउन बाँकी रहेको पाइएको छ। दोकान-पाट, व्यापारिक प्रतिष्ठान, होटल, रेस्टुरेन्टको अतिरिक्त कतिपय सरकारी-गैर सरकारी कार्यालय अनि ब्याङ्कहरूले पनि नेपाली भाषामा लेखिएको बोर्ड लगाइसकेका छैनन्। यस बारेमा ती कार्यालयका सम्बन्धितहरू
ले यसको निम्ति काम भइरहेको बताएका छन्।


Share this news
आजको रोजाइ
संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न