शिवालय मन्दिर परिसर बडारेमा शिव महापुराण शुरु

Share this news

बिजनबारी, 4  अगस्त(निसं): विश्व शान्ति तथा भाइचाराको सन्देश दिदै तथा भगवान भोले बाबाको सन्देशलाई जन जनमा पुर्‍याउने मुख्य लक्ष्यको साथमा शिवपुराण आयोजक समिति बडारेको मुख्य आयोजना तथा गाउँवासीहरुको सहयोगमा बृहत शोभा यात्राको साथमा आइतबारदेखि शिव महापुराण शुभारम्भ भएको छ। स्थानीय शिवालय मन्दिर परिसरमा आयोजित यस एघारौं  दिवसीय धार्मिक अनुष्ठानमा पुरुसोत्तम पोख्रेल एवं पर्मानन्द खनाल पश्चिम सिक्किमबाट  कथावाचकहरुको रूपमा उपस्थिति रहेका छन भने शकर  बसिष्ट लगायतको टोलीले सगितको रसस्पादन गराउने आयोजक समितिले जनाएका छन। यसै क्रममा प्रतिकुल मौसम रहदा रहदै पनि पहिलो दिन पुजा पण्डालबाट साज बाजको साथमा बृहत कलशयात्रा निकालिएको थियो जहाँ गाउँभरका बालबालिका, युवावर्ग, नरनारी तथा वृद्ध बृद्दाहरुले जातीय भेषभुषामा सहभागिता जनाएका थिए भने उक्त कलशयात्रा कैजले बजार हुँदै झेपी मन्दिर पुगी पुनःपुजा पण्डाल आई समापन भएको थियो। हाम्रो मुख्य उदेश्य पुराणको माध्यमबाट गाउँमा एकता भाइचारा तथा धार्मिक आस्थालाई जनमानसमा पुर्याउदै युवा वर्गहरु घट्दो धार्मिक आस्थालाई पुनः जगाउने हो आयोजक समितिको पक्षमा श्याम छेत्रीले बताए भने यो कार्यक्रम प्रत्येक बर्ष साउन महिनामा बार्षिक रूपमा गरिने क्यालेन्डर कार्यक्रम रहेको उनले थपे। यसको साथमा यस दश दिनव्यापी धार्मिक अनुष्ठानमा उपस्थित भई कार्यक्रमको शोभा बढाईदिने समेत आयोजना उनले सबैमा अनुरोध टक्राए।

Share this news
आजको रोजाइ
रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

गोदावरी फूलको प्रदर्शनी र बिक्री

गोदावरी फूलको प्रदर्शनी र बिक्री

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तण्डु र बामनडाङ्गामा राहत वितरण

तण्डु र बामनडाङ्गामा राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान