अलग राज्य समन्वय समितिको दिल्ली मुखी कार्यक्रमको तयारीको सभा

Share this news

दार्जीलिङ, 3 जुलाई(निसं): अलग राज्य समन्वय समितिले ग़ैर-राजनीतिक सङ्गठनहरूलाई सामूहिक कार्यक्रमको गोर्खाल्याण्डको लागी आह्वान गर्दै मंगलबार कदमताला, सिलगढीमा अलग राज्य समन्वय समितिको आयोजनामा एउटा बैठक सम्पन्न भयो, जसमा गोर्खा गौरव संस्थान, गोर्खाल्याण्ड एक्टिविस्ट,  भारतीय गोर्खा परिसंघ, ज्ञान (गोर्खाल्याण्डको यूथ एक्टिविस्ट नेटवर्क), स्वतन्त्र समूह बैठकमा उपस्थित थिए। बैठकको उद्देश्य  गोर्खाल्याण्ड राज्यको  सृजनाको लागि एउटा साझा मार्ग निर्माण गर्नु थियो भनी अलग राज्य समन्वय समितिले प्रेस विज्ञप्ति मार्फत जानकारी गराएको छ।
अलग राज्य समन्वय समितिले प्रेस विज्ञप्ति अनुसार, बैठकमा सबै सङ्गठनहरू आ-आफूले आयोजना गर्ने कार्यक्रमहरूमा एक अर्काको सहभागिता रहने गरी भविष्यमा संयुक्त कार्यक्रमहरू सुरु गर्ने सहमति भएको छ । साथै, ज्ञानलाई माटो बचाऊ आन्दोलन को जिम्मेवारी दिइएको छ र दिल्लीमा हुन लागेको  गोर्खाल्याण्डको  एक्टिविस्ट पूर्ण समर्थन जनाउने निर्णय गरिएको छ । साथै, शहीद दिवसको अवसरमा गोर्खाल्याण्डका शहीदहरूबारे किताब प्रकाशित गर्न आवश्यक सम्पूर्ण सहयोग गोर्खा गौरव संस्थालाई प्रदान गर्ने सहमति पनि भएको छ ।
बैठकको समापन प्रेस विज्ञप्ति सहित गरिएको थियो जसमा  गोर्खाल्याण्डको एक्टिविस्ट किशोर प्रधान र ज्ञानका वीरेन्द्र राइसलि‍ले सबै सङ्गठनहरूलाई एकजुट गराउने पहलका लागि अलग राज्य समन्वय समितिलाई धन्यवाद ज्ञापन गर्दै अहिले गोर्खा समुदायले भोगिरहेका अन्यायहरुको विरुद्ध उभिन जरुरी रहेको बताएका थिए ।


Share this news
आजको रोजाइ
Oplus_131072

शुभमन गिलको ऐतिहासिक दोहोरो शतक: इंग्ल्यान्डको भूमिमा टेस्टमा दोहोरो शतक बनाउने पहिलो भारतीय कप्तान

Oplus_131072

झारखण्ड रेल दुर्घटना: दुई मालगाडी आपसमा ठोक्किँदा २ को मृत्यु, सीसीटीभीमा कैद भयो घटना

डाउहिल क्षेत्र प्लास्टिक ब्यागमुक्त क्षेत्र घोषणा

डाउहिल क्षेत्र प्लास्टिक ब्यागमुक्त क्षेत्र घोषणा

एडवर्डले खर्साङ नपा बोर्डमाथि मुद्दा दर्ता गर्ने

एडवर्डले खर्साङ नपा बोर्डमाथि मुद्दा दर्ता गर्ने

सेलेमण्डर झील क्षेत्रमा वन महोत्सव पालन

सेलेमण्डर झील क्षेत्रमा वन महोत्सव पालन

विमारी गाईलाई हेर्न पुगे सभासद मिलेश राई

विमारी गाईलाई हेर्न पुगे सभासद मिलेश राई

दार्जीलिङ गोर्खा हाट क्षेत्रको बाटो मर्मत गर्ने माग

दार्जीलिङ गोर्खा हाट क्षेत्रको बाटो मर्मत गर्ने माग

भारत–अमेरिका बीच १० वर्षे रक्षा सम्झौता हुने

भारत–अमेरिका बीच १० वर्षे रक्षा सम्झौता हुने

अम्बिकापुरमा हरिभक्त कटुवाल पथको नामाकरण

अम्बिकापुरमा हरिभक्त कटुवाल पथको नामाकरण

तमु ट्हो ह्युल हङकङद्वारा बाणिज्य दूतलाई स्वागत

तमु ट्हो ह्युल हङकङद्वारा बाणिज्य दूतलाई स्वागत

आजको रोजाइ