डाउहिल क्षेत्र प्लास्टिक ब्यागमुक्त क्षेत्र घोषणा

Share this news

खरसाङको‌ डाउहिल क्षेत्रलाई प्लास्टिक ब्यागमुक्त क्षेत्र घोषणा गरिएको छ। आज खरसाङको डाउहिलस्थित ईको पार्कमा जीटीए प्रमुख अनित थापा र दार्जीलिङ जिल्ला शासक आइएएस डा. प्रीति गोयलद्वारा रिबन काटेर उदघाटन गर्दै खरसाङको‌ डाउहिल क्षेत्रलाई प्लास्टिक ब्यागमुक्त क्षेत्र घोषणा गरिएको छ।‌ यस अवसरमा दुवैले डाउहिलको ईको पार्क क्षेत्रको भ्रमण पनि गरेका थिए। यस भ्रमणको समय दुवैलाई डीएफओ आइएफएस देबेस पाण्डे अनि रेञ्जर अफिसर सम्बर्दा साधुले डाउहिल ईको पार्कको विषयमा विस्तृत जानकारी गराएका थिए।‌ यसै अवसरमा अन्तर्राष्ट्रिय प्लास्टिक ब्यागमुक्त दिवस पालन गर्दै स्थानीयहरुको‌ उपस्थितिमा डाउहिलको ईको पार्कदेखि सचेतना रैलीको आयोजना गर्दै डाउहिलस्थित सुवास घिसिङ स्मृति सार्वजनिक भवनसम्म आयोजना गरिएको थियो। उक्त सचेतना रैलीमा प्लास्टिकमुक्त क्षेत्रको लागि विभिन्न सचेतनामूलक नाराहरु लगाइएको थियो। सचेतनामूलक नाराहरुलाई‌ रेञ्जर अफिसर सम्बर्दा साधुले अगुवाई गरेका थिए। उक्त रैलीमा जीटीए प्रमुख अनित थापा र दार्जीलिङ जिल्ला शासक डा. गोयल लगायत अन्यान्यले सहभागिता जनाएका थिए।


Share this news
आजको रोजाइ
लोवर साम्सुमा बाल विकास भवनको शिलान्यास 

लोवर साम्सुमा बाल विकास भवनको शिलान्यास 

गायक अनिल फागोको गजल सार्वजनिक

गायक अनिल फागोको गजल सार्वजनिक

सूचना एवं साँस्कृतिक विभागद्वारा भानु जयन्ती

सूचना एवं साँस्कृतिक विभागद्वारा भानु जयन्ती

6 वर्षीय धावक अफिकलाई सम्मान

6 वर्षीय धावक अफिकलाई सम्मान

स्वर-श्री-को 4 अगस्तसम्म फारम वितरण 

स्वर-श्री-को 4 अगस्तसम्म फारम वितरण 

मनिषालाई जिताउँन सभासदद्वारा 50 हजार रुपियाँको सहयोग 

मनिषालाई जिताउँन सभासदद्वारा 50 हजार रुपियाँको सहयोग 

पद्मश्री सानु लामाको निधनमा श्रद्धाञ्जली अर्पण

पद्मश्री सानु लामाको निधनमा श्रद्धाञ्जली अर्पण

अन्तर्राष्ट्रिय सहकारिता दिवस पालन

अन्तर्राष्ट्रिय सहकारिता दिवस पालन

जीर्ण बाटोमा लड़ेर एक महिला गम्भीर घाइते

जीर्ण बाटोमा लड़ेर एक महिला गम्भीर घाइते

शान्तिलाई एक मौका दिउँ थीमको साथमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

शान्तिलाई एक मौका दिउँ थीमको साथमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न