तमु ट्हो ह्युल हङकङद्वारा बाणिज्य दूतलाई स्वागत

Share this news

तमु ट्हो ह्युल हङकङद्वारा हङकङ तथा मकाउका लागि नवनियुक्त बाणिज्य दूत श्री किरण गुरुङ र उनकी श्रीमती सत्या गुरुङलाई स्वागत जनायो। जसमा तमु टहो ह्युलका सल्लाहकारहरु, पूर्व अध्यक्षहरु, महिला बिभागका सम्पूर्ण सदस्यहरु र तमु ट्हो ह्युलका शुभेच्छुक शुभचिन्तकहरुको उपस्थितिमा “सम्मान, भेटघाट तथा परिचयात्मक कार्यक्रम सम्पन्न गरियो। उक्त कार्यक्रम सचिव पदम बहादुर गुरुङले संचालन गरेका थिए। जसमा निवर्तमान अध्यक्ष गणेश गुरुङले नवनियुक्त बाणिज्य दुत किरण गुरुङलाई हङकङमा रहेका तमुहरुको बस्तुस्थिति बारेमा जानकारी गराउँदै, दूतावासमा झेल्नु परेका समस्यहरुको जानकारी पनि गराएका थिए। साथै आफुहरूबाट दुताबासलाई हुनुपर्ने सहयोगको लागि सदा तयार रहने बताउँदै पुर्णकार्यकाल सफलताको शुभकामना व्यक्त गरे। परिचयात्मक कार्यक्रममा अधिकांसले कार्यकाल पुर्णसफलताको शुभकामना दिदै इमान्दारी भएर काम गर्न सुझाब दिनु भएका थिए। नवनियुक्त बाणिज्य दूत किरण गुरुङले तपाईंहरु सम्पूर्णको सर सल्लाह, सुझावको लागि धन्यवाद भन्दै हिजोको दिनहरूमा जे जस्तो भए तापनि अब आफु आइसकेपछि कुनै पनि समस्या न हुने गरि इमानदारीसाथ काम गर्ने प्रतिबद्ध जाहेर गर्दै सबैप्ति धन्यवाद ज्ञापन गरे।

Consul welcomed by Tamu Tho Huel Hong Kong


Share this news
आजको रोजाइ
सेभोक पुलिसद्वारा लागु औषधसहित पाँचजना पक्राउ

सेभोक पुलिसद्वारा लागु औषधसहित पाँचजना पक्राउ

शहीद दिवस सम्बन्धी गाड़ीधुरामा भागोप्रमोको सभा

शहीद दिवस सम्बन्धी गाड़ीधुरामा भागोप्रमोको सभा

तीनधारे हिल 10 किलोमीटर रनलाई लिएर ट्रायल म्याराथन सम्पन्न: जर्सी अनावरणसितै पञ्जीकरण आरम्भ

तीनधारे हिल 10 किलोमीटर रनलाई लिएर ट्रायल म्याराथन सम्पन्न: जर्सी अनावरणसितै पञ्जीकरण आरम्भ

युकेएफसी खरसाङ सुपर लीग 2025 को प्रीमियर डिभिजन च्याम्पियन बन्यो

युकेएफसी खरसाङ सुपर लीग 2025 को प्रीमियर डिभिजन च्याम्पियन बन्यो

गोरामुमोले अब साङ्गठनिक गतिविधि बढ़ाउने

गोरामुमोले अब साङ्गठनिक गतिविधि बढ़ाउने

गोकमा भएको दुर्घटनामा मृत्यु भएका सिंगेल चियाबारी निवासी  मृतकको परिवारलाई विभागबाट 2 लाख रुपियाँको आर्थिक सहयोग प्रदान

गोकमा भएको दुर्घटनामा मृत्यु भएका सिंगेल चियाबारी निवासी मृतकको परिवारलाई विभागबाट 2 लाख रुपियाँको आर्थिक सहयोग प्रदान

फुर्वा भुटिया बने मगनको अतिरिक्त राजनीतिक सचिव

फुर्वा भुटिया बने मगनको अतिरिक्त राजनीतिक सचिव

डीआइ र एआइद्वारा बिद्यालयको स्थलगत भ्रमण

डीआइ र एआइद्वारा बिद्यालयको स्थलगत भ्रमण

राष्ट्रिय राजमार्ग दसले लाटपञ्चरमा पनि गरायो जाम

राष्ट्रिय राजमार्ग दसले लाटपञ्चरमा पनि गरायो जाम

विधायक लेप्चालाई रिन्छेनबुङवासीको साथ रहने

विधायक लेप्चालाई रिन्छेनबुङवासीको साथ रहने

आजको रोजाइ