शेल्पु बजार फुटबल एण्ड स्पोर्ट्स एसोसिएसनद्वारा आयोजित स्व० रोशन भुजेल स्मृति नकआउट फुटबल खेलाको फाईनल खेलमा युनाइटेड मामरिङ एफसीलाई एजेकेके लाटपञ्चरले जित्यो। पञ्चवत्ती उमावि खेलमैदानमा आयोजना भएको उक्त खेला सिटोङ तिनैवटा ग्रामपञ्च्यात अन्तर्गत इन्टर भिलेज गरिएको थियोे जसमा जम्मा २८ वटा दलहरुले सहभागिता जनाएका थिए। सिटोङका पूर्व खेलाडी एसबी बागदासको अध्यक्षतामा सम्पन्न उक्त फाईनल खेलमा समाजसेवी विक्रम राई प्रमुख अतिथि रहेका थिए भने भुजेल बोर्ड चेयरमेन प्रदिप भुजेल लाटपञचर उमाविका प्रधान अध्यायपक शिशिर कुमार राई मामरिङ उमाविका प्रधान अध्यायपक किरण लामा सुवास सुब्बा ससटोङ थ्री जीपी प्रधान रिना तामाङ आदि विशिष्ट अतिथिको रुपमा उपस्थित रहेका थिए । यो फाईनल खेल निर्धारित समय अवधिसम्म बराबर रहेपछि पेनल्टी् सुटआउटमा लाटपञ्चरले बढत गोल गरेर च्याम्पियन बन्यो। विजेता दललाई रु० ३० हजार उपविजेता दललाई रु० २० हजार साथै स्व० रोशन भुजेल स्मृति कप प्रमुख अतिथिको बाहुलीवाट प्रदान गरिएको थियोे। उक्त खेलमा मेन अफ म्याच अनि उत्कृष्ट खेलाडी युनाइटेड मामरिङका विश्वास थापालाई चयन गरिएको थियोे। कार्यक्रमलाई समाजसेवी विक्रम राईले सम्बोधन गरेका थिए भने कार्यक्रमलाई निश्चल राई अनि बिकास राईले सचांलन गरेका थिए।










