मजुवा, 5 जुलाई(निस): रंगीत-मजुवा डेभलपमेण्ट एसोसिएशन-को अथक प्रयासपछि भइरहेको रंगीत- मजुवा तामाङ गाउँदेखि मानेभन्ज्याङसम्मको सडक मार्गलाई स्तरिय रूपमा निर्माण गराउन सबैलाई सहयोगको आग्रह गरिएको छ।रंगीत-मजुवा डेभलपमेण्ट एसोसिएशन-को अथक प्रयासपछि भईरहेको बाटो निर्माण कार्यलाई जीटीए अधिनस्त डीइडी विभागिय सहअभियान्त प्रियंका ओझा अनि सतिश प्रधानले निरक्षण गरेको छ। निर्माण हुदै गरेको सडक मार्ग 4 मिटर चौडा रहेको पूर्ण रूपले कंक्रिट ढलाईद्वारा निर्माण उक्त बाटो ढलाई स्तरिय रूपमा भईरहेको छ। यसैले त्यस ढलाई माथि 21 दिनसम्म गाडी गुडन नदिनु मजुवा डेभलपमेण्ट एसोसिएशनलाई निर्देश दिइएको पनि थाहा लागेको छ। कंक्रिट ढलाईको काम युद्ध स्तरमा भईरहेको छ भने बाटो निर्माण कार्य युद्ध स्तरमा तथा स्तरिय रूपमा भइरहेको छ। रंगीत मजुवा तामाङ गाउँदेखि मानेभञ्ज्याङ लगभग 4 किलोमिटर गाडीको सडक निर्माण कार्य गत: केही दिनदेखि भईरहेको छ। उक्त बाटो निर्माण कार्यको निम्ति वर्षौंदेखिको हाम्रो सपना पुरा गर्न सबैलाई असुविधा भइरहेको भएतापनि केही दिनको निम्ति चालक बन्धुहरु साथै यस सडक भएर आउजाउ गर्ने सम्पूर्ण यात्रीहरू सबैलाई रंगीत-मजुवा डेभलपमेण्ट एसोसिएशन-को पक्षबाट सहयोगको अपिल गरिएको छ। गाडी आउजाउ गर्ने समय तालिकालाई मध्यस्थ गरि गाडी यातायातको समयतालिकालाई अनदेखा न गरिदिने आग्रह गरिएको छ। ढेन्डुप भुटिया एण्ड कम्पनी-द्वारा निर्माणाधीन उक्त सडकमा कंक्रिट ढलाई स्तरिय रूपमा भइरहेकोले यस सडकमा वाहन चलाचल समय तालिका बिहान साँडे 8 बजीदेखि दिउँसो 1 बजीसम्म, 2 बजीदेखि 4 बजीसम्म अनि 4:30 बजीदेखि 6:30 बजीसम्म बाटो बन्द रहने जनाउदै उक्त बाटो निर्माणमा यहाँहरूलाई भइरहेको असुविधाको निम्ति खेद प्रकटगर्दै एसोसिएशनले सहयोगको विनम्र अपिल गरेको छ।