पुरणद्वारा वीरहरुको तस्बिरहरु समाजलाई प्रदान

Share this news

दार्जीलिङ,28 जुलाई(निसं):गत शनिबारको दिन अनुसूचित जातिका चिन्तक पूरण लोहारद्वारा दार्जीलिङ चाँदमारी विश्वकर्म समाज भवनमा गोर्खा वीर सपूत एवं स्वतन्त्र सेनानीहरु क्रमैले आइएनए सेकेण्ड लेफ्टीनेन्ट डिगबीर सिंह रामुदामु, पहाडी गान्धी जंगबीर सापकोटा अनि दलबीर सिंह लोहारको तस्वीरहरु विश्वकर्म समाज, भारतीय नेपाली (गोर्खा) सार्की समाज अनि नेपाली दमाई समाजलाई प्रदान गरे भनी समाजले बताएको छ। समाजको जानकारी अनुसार, पुरणको सोच अनुसार हामीले हाम्रो स्वतन्त्र सेनानीहरुलाई पनि चिन्नु पर्छ भन्ने हो अनि हाम्रा वीर-वीरंगनाहरूको त्याग, बलिदान र गाथा हाम्रो भावी सन्ततिले एवं भारत सरकारले पनि बुझ्नु पर्ने हो भन्ने हो। श्री विश्वकर्म समाजबाट अध्यक्ष मुकुन्दराज बराइली, महासचिव रिबेन घतानी अनि सह-सचिव दिपेन्द्र घिमिराज थिए भने भारतीय नेपाली (गोर्खा) सार्की समाजबाट अध्यक्ष कृष्ण बर्मे थिए, अनि नेपाली दमाई समाजबाट महासचिव रोशन परियार अनि कोषाध्यक्ष आनन्द ठटाल उपस्तिथि थिए। पूरण लोहारको यस असल सोचको निम्ति विश्वकर्म समाज, भारतीय नेपाली (गोर्खा) सार्की समाज अनि नेपाली दमाई समाजको तर्फबाट धन्यवाद दिए।

Share this news
आजको रोजाइ
संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न