वन्-वेको नियम राति पनि लागु हुन आवश्यक

Share this news

खरसाङ, 5 जुलाई (निसं)ः खरसाङ बजारको अस्पताल मोड़बाट रातिको समयमा वाहनहरू वान-वेको नियमलाई तोड़ेर राष्ट्रिय राजमार्गबाट बजार तर्फ चल्ने गरेकोले समस्या भइरहेको कतिपय जनसाधरणले गुनासो गरेका छन्। दिनभर अस्पताल मोड़मा ट्राफिक पुलिस अनि सिभिक भोलिन्टियरहरू ड्युटीमा तैनात रहने गर्छ। यी ट्राफिक पुलिस अनि सिभिक भोलिन्टियरहरूले यहाँबाट वर्द्धवान रोड भएर वन-वेको नियम अनुसार वाहनहरू पठाउने गर्छन्। रातिको समयमा ड्युटी सकिएपछि ट्राफिक पुलिस अनि सिभिक भोलिन्टियरहरू अस्पताल मोड़मा बस्दैनन्। यहाँ ट्राफिक पुलिस अनि सिभिक भोलिन्टिरहरू नरहेको लाभ उठाउदै कतिपय चालक, मोटर बाईक र स्कुटी सवारहरू वन-वेको नियमलाई उल्लंघन गर्दै राष्ट्रिय राजमार्ग भएर बजार तर्फ पस्ने गरेका गुनासो छ। यसरी वन-वेको नियमलाई उल्लंघन गरेर बजार तर्फ पस्नेहरूमा कतिपय बाहिरबाट आएका अनभिज्ञ चालकहरू पनि पाइने गरेको र कतिपय खरसाङ, दार्जीलिङ, सिलगढ़ीका नियमित चल्ने गाड़ीहरू र दुई चक्के वाहनहरू रहेको पनि मानिसहरूले बताएका छन्। यसरी वन-वेको नियमलाई उल्लंघन गर्दै बजार तर्फ वाहन चल्दा कुनै समय सिलगढ़ीबाट आइरहेको ट्रकसित जम्का भेट भएर जामको स्थिति सृजना भएको, कुनै समय दुर्घटनाको सम्भावना बनेको मानिसहरूले बताएका छन्। रातिको समयमा वन्-वेको उल्लंघन गर्दै आएका गाड़ी अनि मोटर बाईकको कारण विगतको समयमा दुर्घटना घटिसकेको पनि मानिसहरूले बताएका छन्। स्मरण गराइन्छ, यसरी रातिको समयमा वन्-वेको उल्लंघन गर्दै गाड़ी, मोटर बाईक, स्कुटी राष्ट्रिय राजमार्ग भएर बजार तर्फ पस्दा विगतको समयमा दुर्घटना घटिसकेको छ। वन्-वेको उल्लंघन गर्दै राष्ट्रिय राजमार्ग भएर बजार तर्फ गाड़ी चलाइँदा ठूलो झ्याउला पनि भइसकेको छ। राति अस्पताल मोड़मा ड्युटी सकिएपछि ट्राफिक पुलिस अथवा सिभिक भोलिन्टियरहरू नबस्ने भएकाले यस प्रकारको क्रियाकलाप चालक र दुई चक्के सवारहरूबाट भइरहेको पाइएको छ। वर्तमानमा राति 9 बजेसम्म राष्ट्रिय राजमार्गमा यान-वाहनको चलाचल नियमित रहने भएकोले राति 9 बजेसम्मको वन्-वेको नियमलाई यथावत राख्नु पर्ने खरसाङका केही मानिसहरूको माग रहेको छ। यस बारेमा कुनै निवेदन सम्बन्धित निकायहरूमा पेश गरिएको छ भनी प्रश्‍न गर्दा आफूहरूले यस विषयमा कुनै लिखित गुनासो पेश नगरेको बताउदै यसको निम्ति संघ-संस्थाहरू अघि आउन पर्ने तिनीहरूले बताएका छन्। यहाँ खटिएको ट्राफिक पुलिसहरूलाई यस बारेमा प्रश्‍न गर्दा ड्युटी राति 8 बजेसम्म रहने गरेको र ड्युटी सकिएपछि आफूहरू यहाँबाट जाने गरेको बताउदै रातिको समयमा चालकहरूले समझदारी अपनाउदै वर्द्धवान रोड भएर जानु पर्ने हो, भने।


Share this news
आजको रोजाइ
पासाङ डोल्मा लामाद्वारा लिखित टिचर्स हार्टको विमोचन

पासाङ डोल्मा लामाद्वारा लिखित टिचर्स हार्टको विमोचन

रंगबुल उच्च माध्यमिक विद्यालयले उच्चत्तर माध्यमिकको दर्जा प्राप्त

रंगबुल उच्च माध्यमिक विद्यालयले उच्चत्तर माध्यमिकको दर्जा प्राप्त

जीटीए आइडलको सेमिफाइनलमा प्रवेश गरेकी सुजता लामगादेलाई बधाई अनि शुभकामना दिन कार्यक्रम

जीटीए आइडलको सेमिफाइनलमा प्रवेश गरेकी सुजता लामगादेलाई बधाई अनि शुभकामना दिन कार्यक्रम

वन्-वेको नियम राति पनि लागु हुन आवश्यक

वन्-वेको नियम राति पनि लागु हुन आवश्यक

चिम्नी देउराली ग्राम पञ्चायतको आयोजनामा प्लास्टिक ब्यागमुक्त अभियान

चिम्नी देउराली ग्राम पञ्चायतको आयोजनामा प्लास्टिक ब्यागमुक्त अभियान

खरसाङ सुपर लीग 2025 फुटबल टुर्नामेन्ट आरम्भ

खरसाङ सुपर लीग 2025 फुटबल टुर्नामेन्ट आरम्भ

सिलिगुडीका पाँच प्रमुख घुम्ने स्थानहरू

सिलिगुडीका पाँच प्रमुख घुम्ने स्थानहरू

‘जापानी बाबा वेंगा’ द्वारा भविष्यवाणी: ५ जुलाईको लागि त्सुनामीको चेतावनीले जापानमा त्रास

‘जापानी बाबा वेंगा’ द्वारा भविष्यवाणी: ५ जुलाईको लागि त्सुनामीको चेतावनीले जापानमा त्रास

IND vs ENG दोस्रो टेस्ट: केएल राहुलको अर्धशतक, भारतको अग्रता ३३० रनभन्दा बढी

IND vs ENG दोस्रो टेस्ट: केएल राहुलको अर्धशतक, भारतको अग्रता ३३० रनभन्दा बढी

Oplus_131072

“हामी सँगै आएका हौं, सँगै रहनेछौं” – दुई दशकपछि राज ठाकरेसँग पुनर्मिलनमा उद्धव ठाकरे

आजको रोजाइ