एनएच 110 मजदुर तथा कामदार संघ गठन

Share this news

खरसाङ, (निसं): खरसाङको गिद्धापहाड सामुदायिक भवनमा एनएचआईडीसीएल अन्तर्गत एनएच 110 मा भइरहेको तथा हुने निर्माण कार्यमा स्थानीय मजदुर, कामदार, चालक, सुपरभाइजर लगायत सबै श्रमिकहरूको अनिवार्य सहभागिताबारे विस्तृत छलफलसहित बैठक सम्पन्न भयो। बैठकमा एनएच 110 क्षेत्रका श्रमिक तथा कामदारहरूको रोजगारी र जीविकोपार्जनको वर्तमान अवस्थाबारे गम्भीर चिन्ता व्यक्त गरियो र स्थानीय श्रमशक्तिलाई प्राथमिकता दिनु अत्यावश्यक रहेकोमा जोर दिइयो।

यसअघि एनएचआईडीसीएलका कार्यकारी निर्देशकसँग भेटघाट गरी एनएच 110 मा निर्भर हजारैाँं कुशल तथा अकुशल श्रमिक, मालवाहक चालक आदिको अवस्थाबारे पुनः स्मरण गराइएको जानकारी पनि बैठकमा राखियो। बैठकको क्रममा आजै “एनएच 110 मजदुर तथा कामदार संघ” गठन गरियो। उक्त संघको मुख्य संयोजकमा सन्तकिशोर गुरुङ चयन भएका छन्‌‍ भने कानुनी सल्लाहकारका रूपमा अधिवक्ता बन्दना राई नियुक्त भएका छन्‌‍।

संघका मुख्य संयोजक शन्तकिशोर गुरुङले एनएच 110 मा निर्भर सम्पूर्ण मजदुर, कामदार, चालक तथा सम्बन्धित सबैलाई संघमा आबद्ध भई एकताबद्ध रूपमा आफ्ना हकअधिकार र रोजगारीको सुरक्षाका लागि अघि बढ्न अपिल गरेका छन्‌‍। संघले आगामी दिनमा सम्बन्धित निकायसँग समन्वय गर्दै स्थानीय श्रमिकको सहभागिता सुनिश्चित गराउने दिशामा सशक्त पहल गर्ने निर्णयसमेत गरेको छ।


Share this news
आजको रोजाइ
सिलगढी र वरपरका क्षेत्रमा बाक्लो कुहिरो, जाडो यामको संकेत

सिलगढी र वरपरका क्षेत्रमा बाक्लो कुहिरो, जाडो यामको संकेत

टी-२०विश्वकपः भारतीय टोली घोषणा, गिल, जितेश बाहिर, ईशान भित्र

टी-२०विश्वकपः भारतीय टोली घोषणा, गिल, जितेश बाहिर, ईशान भित्र

एस्टन भिल्लाको विजयी यात्रामा युनाइटेड पराजित

एस्टन भिल्लाको विजयी यात्रामा युनाइटेड पराजित

Oplus_131072

ऊनको स्वेटर’: शब्दभन्दा गहिरो, मौनतामा बुनेको प्रेम

बर्मेक बजार परिसरमा एक दिवसीय किसान मेला सम्पन्न

बर्मेक बजार परिसरमा एक दिवसीय किसान मेला सम्पन्न

एनएच 110 मजदुर तथा कामदार संघ गठन

एनएच 110 मजदुर तथा कामदार संघ गठन

भागोप्रमो नारी शक्ति टाउन कमिटीको सभा सम्पन्न

भागोप्रमो नारी शक्ति टाउन कमिटीको सभा सम्पन्न

छोईधिम एकाडमीमा एक सचेतनामूलक कार्यक्रम सम्पन्न

छोईधिम एकाडमीमा एक सचेतनामूलक कार्यक्रम सम्पन्न

10 किलोमिटर डोको ट्रेल रन उत्सवको रुपमा सम्पन्न

10 किलोमिटर डोको ट्रेल रन उत्सवको रुपमा सम्पन्न

खरसाङमा क्रिशमसको तयारी धमाधम

खरसाङमा क्रिशमसको तयारी धमाधम