T20 World Cup: India Announces Squad; Gill and Jitesh Left Out, Ishan Included
T20 World Cup: India Announces Squad; Gill and Jitesh Left Out, Ishan Included

टी-२०विश्वकपः भारतीय टोली घोषणा, गिल, जितेश बाहिर, ईशान भित्र

Share this news

भारतले पुरुष टी–२० विश्वकप २०२६ र त्यसअघि हुने न्युजिल्यान्डविरुद्धको पाँच खेलको टी–२० अन्तर्राष्ट्रिय शृंखलाका लागि १५ सदस्यीय टोली घोषणा गरेको छ। टोलीको नेतृत्व सूर्यकुमार यादवले गर्नेछन् भने अक्षर पटेललाई उपकप्तानको जिम्मेवारी दिइएको छ। घोषित टोलीमा ईशान किशन र रिंकु सिंहलाई समावेश गरिएको छ भने यसअघिसम्म उपकप्तान रहेका शुभमन गिल र विकेटकिपर–ब्याटर जितेश शर्मा टोलीमा पर्न असफल भएका छन्। बीसीसीआई सचिव देवजित सैकिया, कप्तान सूर्यकुमार यादव र मुख्य चयनकर्ता अजित अगरकरले शनिबार मुम्बईस्थित बीसीसीआई मुख्यालयबाट टोली सार्वजनिक गरेका हुन्।

यसअघि इंग्ल्यान्ड विरुद्धको टी–२० शृंखलासम्म अक्षर उपकप्तान थिए। त्यसपछि एशिया कपदेखि गिलले उक्त भूमिका सम्हालेका थिए। तर अब पुनः अक्षरलाई उपकप्तानको जिम्मेवारी दिइएको छ। गिल पछिल्ला दुई टी–२० खेल खुट्टाको चोटका कारण खेल्न सकेका थिएनन्। साथै, यस वर्षको टी–२० अन्तर्राष्ट्रियमा उनको प्रदर्शन पनि अपेक्षाअनुसार रहन सकेन। उनले १५ इनिङमा २९१ रन मात्र जोड्दै कुनै अर्धशतक वा शतक बनाउन सकेनन्।

यता, ईशान किशनले सैयद मुश्ताक अली ट्रफीमा उत्कृष्ट प्रदर्शन गर्दै झारखण्डलाई उपाधि दिलाएका थिए। कप्तानको भूमिकामा रहेका किशनले १० इनिङमा ५१७ रन बनाउँदै दुई अर्धशतक र दुई शतक प्रहार गरे, जसमा फाइनलमा हरियाणाविरुद्धको १०१ रनको शतकीय इनिङ पनि समावेश छ। ब्याटिङतर्फ अभिषेक शर्मा, सूर्यकुमार यादव, सञ्जु स्यामसन, तिलक वर्मा, रिंकु सिंह र ईशान किशन रहेको बलियो लाइनअप छ। अलराउन्डरका रूपमा हार्दिक पाण्ड्या, अक्षर पटेल, शिवम दुबे र वाशिङ्टन सुन्दर समेटिएका छन्।

बलिङ आक्रमणको नेतृत्व जसप्रीत बुमराहले गर्नेछन्। उनका साथमा अर्शदीप सिंह र हर्षित राणालाई तीव्र गतिका बलरका रूपमा राखिएको छ। स्पिन विभागमा वरुण चक्रवर्ती र कुलदीप यादव छन्। विश्वकपको तयारीस्वरूप भारतले जनवरी २१ देखि ३१ सम्म न्युजिल्यान्डविरुद्ध पाँच खेलको टी–२० शृंखला खेल्नेछ। यसअघि जनवरी ११ देखि १८ सम्म तीन एकदिवसीय खेलको शृंखला पनि हुनेछ, जसको टोली पछि घोषणा गरिने बताइएको छ।

भारतीय टोली (टी–२०):

     सूर्यकुमार यादव (कप्तान), अक्षर पटेल (उपकप्तान), सञ्जु स्यामसन, अभिषेक शर्मा, तिलक वर्मा, हार्दिक पाण्ड्या, ईशान किशन, शिवम दुबे, वाशिङ्टन सुन्दर, हर्षित राणा, जसप्रीत बुमराह, वरुण चक्रवर्ती, कुलदीप यादव, अर्शदीप सिंह, रिंकु सिंह।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ