10 किलोमिटर डोको ट्रेल रन उत्सवको रुपमा सम्पन्न

Share this news

सोनादा, (किरण छेत्री): दार्जीलिङ पहाड़ अन्तर्गत सोनादा क्षेत्रको सुन्दर गाउँ राजाहट्टामा एक विशेष ट्रेल रन 10 किलोमीटरको डोको ट्रेल रन आयोजना गरिएको छ। यस डोको ट्रेल रनमा जम्मा 50 जनाले सहभागिता जनाएका थिए जसमा प्रथम याकुब तामाङ, दोस्रो सुवर्ण सुब्बा र तेस्रो लाक्पा छिरिङ भोटिया भएका छन्‌‍।

यस डोको ट्रेल रनमा अतिथिको रुपमा दार्जीलिङ्का महकुमा शासक रिचार्ड लेप्चा, सुखे पोखरी खण्डको खण्ड विकास अधिकारी आरागिया गुहा, संयुक्त खण्ड विकास अधिकारी पेमा लामा डुक्पा, पञ्चायत समिति सभापति सोना डोमा डुक्पा, कर्माध्यक्ष बबिन्द्र लामा, अप्पर सोनादा ग्राम पञ्चायतका पञ्चायत प्रधान दावा तामाङ, पञ्चायत सदस्या गौरी थापा, सोनादा पुलिस आउट पोष्टको प्रभारी योगेस ठकुरी लगायत अन्यहरु उपस्थित रहेका थिए।

जनवरी 2025 मा स्थापना गरिएको राजाहट्टा एक्सप्लोर ग्रुप एक समुदायआधारित पहल हो, जसले दार्जीलिङ पहाड़ी क्षेत्रमा पर्यावरणपर्यटनको प्रवर्द्धन, दिगो विकास तथा स्थानीय संस्कृति र परम्पराको संरक्षणमा प्रतिबद्धता जनाउँदै आएको छ। युवाहरू तथा स्थानीय समुदायलाई प्रकृति र सम्पदाको उत्सव मनाउने अर्थपूर्ण बाह्य गतिविधिहरूमार्फत सक्रिय रूपमा सहभागी गराउने लक्ष्य राखेर यसको स्थापना गरिएको थियो।

डोको ट्रेल रन 2025 दार्जीलिङ पहाड़को सुन्दर गाउँ राजाहट्टामा आयोजिय एक विशेष ट्रेल रन कार्यक्रम हो। यस कार्यक्रमको आयोजना स्थानीय युवाहरूको सक्रिय समूह राजाहट्टा एक्सप्लोर ग्रुपद्वारा गरिएको हो। जसको उद्देश्य खेल, संस्कृति र समुदायलाई एकसाथ जोड्नु रहेको छ। “डोको” पहाड़ी जीवनशैलीको महत्वपूर्ण प्रतिक हो। पहाड़मा भारी बोक्न प्रयोग हुने यो बाँसको टोकरी केवल एउटा साधन मात्र होइन, यो मेहनत, सहनशीलता, आत्मनिर्भरता र पहाडी पहिचान को प्रतीक पनि हो। यही भावनालाई आत्मसात गर्दै डोको ट्रेल रनको अवधारणा तयार गरिएको हो।

यस ट्रेल रनमा सहभागीहरूले गाउँको बाटो, जंगलको ट्रेल, उकालो-ओरालो, खोला-नाला र प्राकृतिक दृश्यहरू हुँदै दौड़ने अवसर पाए। यो दौड़ केवल शारीरिक क्षमताको परीक्षा मात्र होइन, प्रकृतिसँग नजिक भएर पहाड़ी जीवनलाई महसुस गर्ने अनुभव पनि थियो। डोको ट्रेल रन 2025 को मूल उद्देश्य पहाड़ी युवाहरुलाई स्वास्थ्य जीवनशैली र खेलतर्फ प्रेरित गर्नु, स्थानीय संस्कृति र पहिचानको प्रवर्द्धन गर्नु, ईको-टुरिज्म र ग्रामीण पर्यटनलाई प्रोत्साहन गर्नु, समुदायबीच एकता र सहकार्यको भावना विकास गर्नु आदि रहेको छ। डोको ट्रेल रन 2025 केवल एउटा दौड़ मात्र होइन, यो पहाड़ी जीवनको उत्सव, संस्कृतिप्रतिको सम्मान, र समुदायको साझा यात्रा हो। राजाहट्टा एक्सप्लोर ग्रुपको यो पहलले पहाड़को आवाज, पहिचान र सम्भावनालाई अझ टाढ़ासम्म पुऱ्याउने विश्वास गरिएको छ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ