भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न

Share this news

 

प्रधानमन्त्री कृषि सिंचाइ योजना २.০ अन्तर्गतको वाटरशेड विकास अवयव कार्यक्रमअन्तर्गत वाटरशेड महोत्सवको दोस्रो दिन बेघा ग्राम प्रशासन एकाइमा भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता उत्साहजनक रूपमा सम्पन्न भएको छ। कार्यक्रम वन तथा वातावरण विभागअन्तर्गत सामाजिक वन शाखा गेजिङद्वारा आयोजना गरिएको थियो।

कार्यक्रमको सुरुआत परम्परागत स्वागतसँगै प्रमुख अतिथि तथा अन्य सम्मानित व्यक्तिहरूलाई खादा अर्पण गर्दै गरिएको थियो। कार्यक्रममा जिल्ला पञ्चायत सदस्य दिनेश कुमार गुरुङ, मानेबुङ–देन्तामका विशेष कार्यकक्ष अधिकृत दिवस राई, गरीब जनकल्याण प्रकोष्ठका संयोजक देवकर खतिवडा तथा बेघा ग्राम प्रशासन एकाइका जनप्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति थियो।

सामाजिक वन शाखा गेजिङका डिभिजनल वन अधिकृत अरुणकुमार गुरुङले स्वागत मन्तव्य राख्दै वाटरशेड संरक्षण, माटो कटान नियन्त्रण तथा वन संरक्षण जस्ता महत्वपूर्ण विषयमा आधारित प्रतियोगिता आयोजना गरिनुको उद्देश्यबारे जानकारी प्रदान गरे। प्रमुख अतिथिले समेत आफ्नो सम्बोधनमा माटो तथा वन संरक्षणप्रति समुदायको जिम्मेवारी महत्वपूर्ण रहेको उल्लेख गर्दै सहभागीहरूको कलात्मक प्रयासको प्रशंसा गरे। साथै, उनले बेघा क्षेत्रमा सडक सौन्दर्यीकरणका लागि सामुदायिक सहकार्य आवश्यक रहेकोमा जोड दिए।

औपचारिक कार्यक्रममा समाप्तिपछि भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता प्रारम्भ गरियो। कुल २२ जनाको सहभागितामध्ये ६ जनाले बेघा खोलातर्फको सडक पर्खालमा भित्ते–चित्र बनाए भने १६ जनाले चार्ट कागजमा चित्रकला प्रस्तुत गरे। वातावरणीय संरक्षण र जिम्मेवारीका विषयमा सहभागीहरूले प्रस्तुत गरेका आकर्षक कलाकृतिहरू निर्णायक तथा आयोजकहरूद्वारा अत्यन्तै सराहनीय मानिएको थियो।

कार्यक्रमको अन्त्यमा सबै सहभागीहरूलाई प्रमाणपत्र प्रदान गरिएको थियो। प्रतियोगिताका विजेताहरू यसप्रकार छन् जस्मा पहिलो स्थान अशोक राई, दोस्रो होमबहादुर गुरुङ, तेस्रो प्रयमित लेप्चा बनेका थिए।

कार्यक्रममा सहायक वन संरक्षण अधिकृत शान्ता सुब्बा र सामाजिक वन शाखाका ब्लक अधिकृत तारा हाङ लिम्बूको समेतको उपस्थिति रहेको थियो।

यसरी सफलतापूर्वक सम्पन्न दोस्रो दिनको कार्यक्रमले समुदायमा वातावरणीय सरोकारबारे जनचेतना वृद्धि गर्दै विभागको दिगो विकास तथा संरक्षणप्रतिको प्रतिवद्धतालाई पुन सुदृढ बनाएको अधिकारीहरूले बताएका छन्।


Share this news
आजको रोजाइ
बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न

युवाहरूले गरे क्षतिग्रस्त सडकको मर्मत

युवाहरूले गरे क्षतिग्रस्त सडकको मर्मत

हितकारी सममेलन दार्जीलिङ आञ्चलिक समितिको साधारण सभा 

हितकारी सममेलन दार्जीलिङ आञ्चलिक समितिको साधारण सभा 

दार्जीलिङ पहाडमा एड्स-डे कार्यक्रम दुर्लभ हुदै जादैछ : फोसेप

दार्जीलिङ पहाडमा एड्स-डे कार्यक्रम दुर्लभ हुदै जादैछ : फोसेप

नयाँ फोनमा ‘सञ्चार साथी’ अनिवार्य प्रि-इन्स्टलेसन गराउनुपर्ने

नयाँ फोनमा ‘सञ्चार साथी’ अनिवार्य प्रि-इन्स्टलेसन गराउनुपर्ने

बीएसआइ 1893 को सातौं नयाँ भूकम्प क्षेत्र वर्गीकरण नक्सा प्रस्तुत

बीएसआइ 1893 को सातौं नयाँ भूकम्प क्षेत्र वर्गीकरण नक्सा प्रस्तुत

वार्ड नम्बर 8 मा अमृत 2.0 पानीको परियोजना विषय लिएर सभा

वार्ड नम्बर 8 मा अमृत 2.0 पानीको परियोजना विषय लिएर सभा

विकल्प रोड प्रयोग गरेर रोहिणी रोड खोल्ने मागमा रोहिणी व्यवसायी सङ्गठनद्वारा ज्ञापन

विकल्प रोड प्रयोग गरेर रोहिणी रोड खोल्ने मागमा रोहिणी व्यवसायी सङ्गठनद्वारा ज्ञापन

अग्नि पीड़ितहरूलाई सहयोग गरेकोमा गोपाल छेत्रीलाई सम्मान जनाइयो

अग्नि पीड़ितहरूलाई सहयोग गरेकोमा गोपाल छेत्रीलाई सम्मान जनाइयो

आजको रोजाइ