विकल्प रोड प्रयोग गरेर रोहिणी रोड खोल्ने मागमा रोहिणी व्यवसायी सङ्गठनद्वारा ज्ञापन

Share this news

खरसाङ , (निसं): खरसाङ्को रोहिणी रोड बन्द भएकोले रोहिणी क्षेत्रको होटल व्यवसाय लगायत अन्य विभिन्न व्यवसायहरु ठप्प भएको विषयमा आज रोहिणी क्षेत्रका व्यवसायीहरु, समाजका प्रतिनिधिहरु र अन्य मिलेर खरसाङ महकुमा शासकलाई ज्ञापन पत्र बुझाएका छन्‌‍। आज रोहिणी व्यवसाय समितिको तर्फबाट सभापति पुनम तामाङ, उप सभापति महेश दियाली, सचिव नगेन लकान्द्री, सह सचिव विशाल शंकर, कोषाध्यक्ष विकास दियाली, सदस्य केवल विश्वकर्मा र सचिन खाती लगायत रोहिणी क्षेत्रका समाज र बुद्धिजीवीहरु मिलेर खरसाङ महकुमा शासकलाई ज्ञापन पत्र बुझाएका छन्‌‍। उक्त ज्ञापन पत्रमा रोहिणी मुख्य सडकको तत्काल पुन:स्थापना तथा गौरी शंकर मार्गमार्फत्‌‍ अस्थायी सवारी साधन व्यवस्था सम्बन्धी उल्लेख गरिएको छ।

उक्त टोलीले मरमत्तिको कार्य चलिरहेको रोहिणी रोडको पनि निरीक्षण गरेका थिए। उक्त विषयमा दिइएको ज्ञापन पत्र खरसाङ महकुमा शासक लगायत खरसाङ पुलिस थानाको आईसीलाई पनि कपि बुझाइएको रोहिणी व्यवसाय समितिको तर्फबाट सचिन खातीले बताएका छन्‌‍। उनले रोहिणी रोड पैह्रोले वाधित बनेपछि हालमा रोहिणी रोडमा चलिरहेको एक सय जति होटेलहरु ठप्प भएको साथै त्यहाँ कार्यरत्‌‍ 500 जना जति कर्मचारीहरु बेरोजगार बनेको र तत्काल रोहिणी रोड नखोलिए लथालिङ्गै हुने बताएका छन्‌‍।

उनले रोहिणी रोड पैह्रोले वाधित बनेपछि बनाउन ढिलाई भईरहेको र मरमत्ति गर्न ढिलाई भए पनि हालको लागि खरसाङ्को गौरी शंकर चियाबारीबाट र गिद्ध पहाड़ भएर रोहिणी निस्कने रोड खोलेर गाड़ीहरु अस्थायी रुपमा जान दिन सकिने भनी अनुरोध गरेका छन्‌‍। यसको साथै सचिन खातीले अबको 5-6 दिनमा पनि अस्थायी रुपमा रोहिणी रोड नखोलिए रोहिणीदेखि विराट विरोध प्रदर्शन शुरु गरिने चेतावनी दिएका छन्‌‍।

रोहिणी व्यवसाय समितिको तर्फबाट सचिन खातीले भने, रोहिणी क्षेत्रका विभिन्न व्यवसायीहरु लगायत रोहिणी व्यवसाय समितिको लगायत 40 जना प्रतिनिधिहरुको टोलीले रोहिणी रोडको विकल्पको रुपमा अवस्थी रोड खोलाउन माग गर्दै खरसाङ महकुमा शासकलाई ज्ञापन दिइएको छ। रोहिणी रोड बन्द भएपछि रोहिणीको विभिन्न व्यवसायहरु ठप्प रहेको छ। यसको लागि अस्थायी रोड खोलाउन सक्ने प्रशस्त सम्भावना रहेको छ र यसको लागि झट्टै पहल गरिनुपर्छ। सचिन खातीले रोहिणी रोडमा रहेको टोल प्लाजाम दैनिक धेरै गाडीहरुनाट शुल्क उठाइन्थ्यो तर अहिले रोड खोलाउन पर्ने बेलामा सबै चुपचाप रहेकोमा विरोध जनाएका छन्‌‍। उनले रोहिणी रोडमा रहेको टोल प्लाजामाथि पनि प्रश्न उठाएका छन्‌‍।

Share this news
आजको रोजाइ
HHTDCSS को तराई क्षेत्रीय संयोजकमा कृष्ण नन्द सिंहको नियुक्ति

HHTDCSS को तराई क्षेत्रीय संयोजकमा कृष्ण नन्द सिंहको नियुक्ति

ग्लास्गो राष्ट्रमण्डल खेलहरूमा खेलको संख्या घटाइँदा भारतलाई ठूलो झटका

ग्लास्गो राष्ट्रमण्डल खेलहरूमा खेलको संख्या घटाइँदा भारतलाई ठूलो झटका

प्रशिक्षकहरू र अधिकारीहरूसँगको निर्देशक-स्तरीय समन्वय बैठक

प्रशिक्षकहरू र अधिकारीहरूसँगको निर्देशक-स्तरीय समन्वय बैठक

राष्ट्रमण्डल खेलमा भारतले दुई पदक जित्ने राम्रो सम्भावना : मुरली श्रीशंकर

राष्ट्रमण्डल खेलमा भारतले दुई पदक जित्ने राम्रो सम्भावना : मुरली श्रीशंकर

‘प्रदर्शनमा जानुभन्दा घरमै बसेर पढेँ, अंक सुधारें’ : नीट–यूजी पुनःपरीक्षाका AIR 2 पंशुल बन्सल

‘प्रदर्शनमा जानुभन्दा घरमै बसेर पढेँ, अंक सुधारें’ : नीट–यूजी पुनःपरीक्षाका AIR 2 पंशुल बन्सल

राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आजको रोजाइ