MP Raju Bista at the song launch of the film 'Dhamilo Pahad'

‘धमिलो पहाड़’ फिल्मको गीत लोकार्पणमा सांसद राजु विष्ट

Share this news

दार्जीलिङ लोकसभाका सांसद एवं भारतीय जनता पार्टीका राष्ट्रीय प्रवक्ता राजु विष्टले ‘धमिलो पहाड़’ फिल्मको गीत लोकार्पण कार्यक्रममा सहभागी हुन पाउँदा मलाई अत्यन्तै खुशी र उत्साहको अनुभूति भएको बताएका छन्। यस फिल्ममा भारतीय गोर्खा समुदाय, विशेषगरी दार्जिलिङ पहाड, तराई र डुवर्स क्षेत्रका ऐतिहासिक महत्त्व बोकेका घटनाहरूलाई सुन्दर रूपमा प्रस्तुत गरिएको छ। फिल्मका अधिकांश कलाकार र निर्माताहरू पनि हाम्रै क्षेत्रका हुनुले यसलाई अझै विशेष बनाएको छ। यो फिल्मलाई रिलिज गर्न आवश्यक CBFC प्रमाणीकरण प्राप्त गर्ने प्रक्रियामा प्रोडक्शन टिमसँगसँगै आफुले काम गर्ने अवसर पाएकामा एउटा सकारात्मक र प्रेरणादायी अनुभव रहेको विष्टले बताए। फिल्म निर्माताहरूले यस परियोजनाका लागि गरेको कडा मेहनत अन्ततः सफल भयो र फिल्मले रिलिजको अनुमति प्राप्त गर्‍यो, यसका लागि उऩले सबैलाई अभिनन्दन जनाए।
सांसद विष्टले जनाए, हामीले आफ्ना स्थानीय कलाकार र सिर्जनाकर्मीहरूलाई निरन्तर समर्थन तथा प्रोत्साहन दिनुपर्छ। हाम्रा जटिल इतिहास र कथाहरूलाई मुख्यधारामा ल्याउने यो साहसिक प्रयासलाई हाम्रा सबैको हौसलाको खाँचो छ। यस अवसरमा फिल्मको सम्पूर्ण प्रोडक्शन टिम, कलाकारहरू, समर्थकहरू तथा शुभचिन्तकहरूलाई हार्दिक वधाइ र शुभकामना व्यक्त गरे।


Share this news
आजको रोजाइ
बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न

युवाहरूले गरे क्षतिग्रस्त सडकको मर्मत

युवाहरूले गरे क्षतिग्रस्त सडकको मर्मत

हितकारी सममेलन दार्जीलिङ आञ्चलिक समितिको साधारण सभा 

हितकारी सममेलन दार्जीलिङ आञ्चलिक समितिको साधारण सभा 

दार्जीलिङ पहाडमा एड्स-डे कार्यक्रम दुर्लभ हुदै जादैछ : फोसेप

दार्जीलिङ पहाडमा एड्स-डे कार्यक्रम दुर्लभ हुदै जादैछ : फोसेप

नयाँ फोनमा ‘सञ्चार साथी’ अनिवार्य प्रि-इन्स्टलेसन गराउनुपर्ने

नयाँ फोनमा ‘सञ्चार साथी’ अनिवार्य प्रि-इन्स्टलेसन गराउनुपर्ने

बीएसआइ 1893 को सातौं नयाँ भूकम्प क्षेत्र वर्गीकरण नक्सा प्रस्तुत

बीएसआइ 1893 को सातौं नयाँ भूकम्प क्षेत्र वर्गीकरण नक्सा प्रस्तुत

वार्ड नम्बर 8 मा अमृत 2.0 पानीको परियोजना विषय लिएर सभा

वार्ड नम्बर 8 मा अमृत 2.0 पानीको परियोजना विषय लिएर सभा

विकल्प रोड प्रयोग गरेर रोहिणी रोड खोल्ने मागमा रोहिणी व्यवसायी सङ्गठनद्वारा ज्ञापन

विकल्प रोड प्रयोग गरेर रोहिणी रोड खोल्ने मागमा रोहिणी व्यवसायी सङ्गठनद्वारा ज्ञापन

अग्नि पीड़ितहरूलाई सहयोग गरेकोमा गोपाल छेत्रीलाई सम्मान जनाइयो

अग्नि पीड़ितहरूलाई सहयोग गरेकोमा गोपाल छेत्रीलाई सम्मान जनाइयो

आजको रोजाइ