मनिषालाई जिताउँन सभासदद्वारा 50 हजार रुपियाँको सहयोग 

Share this news

पेशोक-नामरीङ, 11 जुलाई(निसं): गायिका मनिषा छेत्रीलाई जिताउँन सभासद डेण्डुप पाखरीन अघि आउदै उनले शुभकामना सहित नगद 50 हजार रुपियाँको सहयोग पनि गरेका छन्।
नेपाल राष्ट्रमा सम्पन्न भइरहेको मेरो भोइस युनिभर्स सिजन-2 गायन प्रतियोगिताको भोटिङ राउण्ड पुगेकी गायिका मनिषा छेत्रीको निम्ति भोटको अपिल गर्न तकदाह-टिस्टाभेल्ली समष्टिका सभासद डेण्डुप पाखरीन अघि आएका छन्। गायिका मनिषा छेत्रीको जन्मभूमि नामरीङ चियाबारीको 14 नम्बर गाउँमा बिहिबार मनिषा फ्रेण्ड्स क्लब-को आयोजना सभा सम्पन्न भयो। सभालाई क्षेत्रका सभासद डेण्डुप पाखरीनले अध्यक्षता गरेका थिए। उक्त सभामा नामरीङ चियाबारी अधिनस्त प्रत्येक गाउँ अनि समाजका प्रतिनिधिहरू उपस्थित थिए। सभालाई सम्बोधन गर्दै सबै समाजका प्रतिनिधिवर्गले नामरीङको चेलीले दार्जीलिङ पहाडक गरीमालाई उच्च बनाउँन सफल बनेकी छिन्, अब उनलाई सबैले भोट गरेर बिजयी बनाउँन सबैको कर्तव्य रहेको बताएका छन्। सभामा मनिषा फ्रेण्ड्स क्लबका अध्यक्ष राकेश मुखियाले क्लबको प्रतिवेदनसंगै भावि औचित्यबारे प्रकाश पारेका थिए। शरद राईले सञ्चालन गरेको सभामा पञ्चायत सदस्य योगराज राई, शिक्षक जेके प्रधान, दिलकस विद्याभूषण तामाङ, लाडुप तामाङ, सुमन खवास, अनिता तामाङ, विकाश राई आदिले सम्बोधन गरेका थिए। सभामा गायिका मनिषा छेत्रीको माता-पिता पनि उपस्थित थिए।
सभामा अध्यक्षीय सम्बोधन गर्दै सभासद डेण्डुप पाखरीनले भने, वर्तमान समय नामरीङमा विगतको गरिमा फर्किएर आएको छ जस्तो लाग्छ मलाई। अब यसलाई प्रत्येक समाज र गाउँ घरले बचाउँनुपर्छ। विगतमा पनि नामरीङमा धेरै कलाकारहरू थिए। यहाँ धेरै कार्यक्रम आयोजना हुन्थ्यो। नाटकहरू धेरै मञ्चन भएको ठाउँ हो। यहाँ कलाकारको कमी थिएन। अहिले पनि मनिषा छेत्री जस्ता कलाकार हाम्रै गाउँकी छोरी हुन्। उनीहरूको गायन प्रतिभा र संगीतप्रतिको मोहलाई हामीले उर्जा दिनुपर्छ। अब मनिषा छेत्री फ्रेन्ड्स क्लबको प्रचार- प्रसार व्यापक हुनुपर्छ। उसलाई व्यापक भोट गरेर सफलताको चुलीमा पुराउँने कर्तव्य तपाई-हाम्रो हो। यसर्थ म मनिषा छेत्रीलाई भोट गर्नको निम्ति आशीर्वाद स्वरूप नगद 50 हजार रुपियाँ  दिनेछु। साथै उसको जीतको निम्ति म सधैं साथमा रहनेछु। उता नेपालमा मात्र होइन यता जीटीए आइडलमा पनि हाम्रै नामरीङको प्रतिभा फाइनल राउण्डमा पुगेका छन्। यो खुशीको कुरा हो। अब हामीले यी हाम्रो कलाकारहरूको निम्ति सोच्ने समय आएको छ। भोलिदेखि उता नामरीङ मात्र होइन समग्र तकदाह-टिस्टाभेल्ली समष्टि, दार्जीलिङ, खरसाङ, मिरिक, कालेबुङ तराईवासी अनि विश्वमा रहेका सबै गोर्खा सन्तानले हाम्रो चेली मनिषा छेत्रीलाई विपुल भोट दिएर विजयी बनाउँन अघि आइदिनु हुन निवेदन गर्दछु।, अन्तमा सभासद पाखरीनले भने, एक भयो भने असम्भव भने केही छैन, जीत निश्चित छ। यसैले सबै एक भएर गायिका मनिषा छेत्रीको निम्ति खटौं। सभामा गायिका मनिषा छेत्रीको पिता क्यानुट छेत्रीले सबैप्रति आभार प्रकट गरे।


Share this news
आजको रोजाइ
मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

जेकब खालिङ राई लाई जनाइयो स्वागत

जेकब खालिङ राई लाई जनाइयो स्वागत

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

आइजीजेएफ-को डिजास्टर टोली गठन

आइजीजेएफ-को डिजास्टर टोली गठन

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान