Medical Education Nepal
Medical Education Nepal

चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानको कार्यविधि,२०८३स्वीकृत

Share this news

 चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत गरी जारी गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा आज बसेको आयोगको बैठकले उक्त निर्णय गरेको हो।
प्रधानमन्त्री शाहको प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार शिक्षा तथा खेलकुद र अर्थ मन्त्रालयबाट सहमतिप्राप्त भएको २४ घण्टा नबित्दै आयोगले कार्यविधि पास गरेर विगतदेखिको कानुनी अस्पष्टता र समस्यालाई दीर्घकालीन रूपमा समाधान गरेको हो। नेपाल राजपत्रमा प्रकाशित केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८३ मार्फत राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ मा दफा ५४ (ख) थपिएसँगै आयोगलाई आवश्यक निर्देशिका र कार्यविधि बनाउने कानुनी बाटो खुलेको थियो।
यसअघि विधायन ऐन, २०८१ को दफा ३५ का कारण आयोगका पुराना सबै निर्देशिका र कार्यविधि स्वतः अमान्य (खारेज) हुँदा कानुनी रिक्तता भएको थियो। उक्त समस्या समाधानका लागि असार १ गते अर्थ मन्त्रालय र शिक्षा तथा खेलकुद मन्त्रालयबाट सकारात्मक रायसहितको सहमति प्राप्त भएको थियो । कार्यविधिले सार्वजनिक शिक्षण संस्थालाई निःशुल्क छात्रवृत्ति, स्नातकोत्तर तह (डिएम, एमसिएचसमेत)मा निःशुल्क छात्रवृत्ति उपलब्ध गराएबापत अनुदान वितरण गराउने बाटो खुलेको छ।
यस कार्यविधिले आयोगको तर्फबाट चिकित्साशास्त्र अध्ययन गराउने शिक्षण संस्थालाई सबै तहमा (स्नातकोत्तर तह डिएम, एमसिएचसमेत)मा निःशुल्क छात्रवृत्ति उपलब्ध गराएबापत अनुदान वितरण गर्ने बाटो खुलेको छ। बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताको सहअध्यक्षता तथा आयोगका उपाध्यक्ष प्रा डा श्रीकृष्ण गिरी र अन्य सदस्यहरूको उपस्थिति रहेको थियो।

Share this news
आजको रोजाइ
चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानको कार्यविधि,२०८३स्वीकृत

चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानको कार्यविधि,२०८३स्वीकृत

गेजिङ ग्रामीण परियोजनामा ​​“पोषण भी पढाई भी” सम्बन्धी तालिम सुरु

गेजिङ ग्रामीण परियोजनामा ​​“पोषण भी पढाई भी” सम्बन्धी तालिम सुरु

गोरामुमो टुङ्ग-सन्त मेरिज समष्टि सभा,पहाडी संवैधानिक अधिकारमा जोड

गोरामुमो टुङ्ग-सन्त मेरिज समष्टि सभा,पहाडी संवैधानिक अधिकारमा जोड

लङभ्यू श्रमिक आन्दोलन: 72 घण्टे भोक हडतालको दोस्रो चरण आरम्भ!

लङभ्यू श्रमिक आन्दोलन: 72 घण्टे भोक हडतालको दोस्रो चरण आरम्भ!

फिफा विश्वकप२०२६: इरान र न्युजिल्यान्डबीच २-२ को रोमाञ्चक बराबरी

फिफा विश्वकप२०२६: इरान र न्युजिल्यान्डबीच २-२ को रोमाञ्चक बराबरी

के वर्षायामको समयमा वर्षायाम रानी गइसकेकी छिन्? स्याटेलाइट के छ?

के वर्षायामको समयमा वर्षायाम रानी गइसकेकी छिन्? स्याटेलाइट के छ?

फिफा विश्वकप २०२६: बेल्जियम र इजिप्टबीच १–१ को रोमाञ्चक बराबरी

फिफा विश्वकप २०२६: बेल्जियम र इजिप्टबीच १–१ को रोमाञ्चक बराबरी

एड्वर्ड्सद्वारा वन बस्तीमा विकास योजना चलाउन मुख्यमन्त्रीलाई अनुरोध

एड्वर्ड्सद्वारा वन बस्तीमा विकास योजना चलाउन मुख्यमन्त्रीलाई अनुरोध

मन्त्री लामा र विधायक लिम्बुले डुवर्सेली गोर्खा भवन निर्माणमा सघाउने

मन्त्री लामा र विधायक लिम्बुले डुवर्सेली गोर्खा भवन निर्माणमा सघाउने

केरेमथाङ लोटस सोसाइटीद्वारा वार्षिक सभा ग्राम सरसफाइ अभियान

केरेमथाङ लोटस सोसाइटीद्वारा वार्षिक सभा ग्राम सरसफाइ अभियान

आजको रोजाइ