मास्टर मित्रसेन थापा पुरस्कार अलङ्करण 29 दिसम्बरमा

Share this news

दार्जीलिङ,25 दिसम्बर(निसं): आगामी 29 दिसम्बरको दिन दार्जीलिङको गोर्खा रङ्गमञ्च भवनमा सूचना एवं सांस्कृतिक विभाग, गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन  साथै मास्टर मित्रसेन थापा साहित्य कला संस्थान, दार्जीलिङको संयुक्त आयोजनामा 230औं मास्टर मित्रसेन थापा जन्म दिवस एवं मास्टर मित्रसेन थापा पुरस्कार अलङ्करण समारोह गरिने विषयलाई लिएर मास्टर मित्रसेन थापा साहित्य कला संस्थानका अध्यक्ष अजयकुमार थापा, महासचिव अमिट थापा, सहसचिव पवन महिमा गुरुङ, कार्यकारिणी सदस्य सबिता थापा संकल्पको उपस्थितिमा दार्जीलिङ प्रेस गिल्डमा एक प्रेस भेलाको आयोजना गरियो। उक्त प्रेस भेलालाई सम्बोधनमा राख्दै महासचिव अमिट थापा अनि अध्यक्ष अजयकुमार थापाले आगामी 29 दिसम्बरको दिन सम्पन्न गरिने बताउँदै समारोह दुइ चरणको गरिने अनि पूर्वार्द्धको कार्यक्रम मास्टर मित्रसेन थापाको सालिग परिसरमा गरिने साथै उत्तरार्द्धको कार्यक्रम जीटीए मुख्य कार्यपाल अनित थापाको प्रमुख आतिथ्यमा सम्पन्न गरिने भएको छ भने उक्त कार्यक्रममा वरिष्ठ गायक इन्द्रजीत रिजाललाई ससम्मान मास्टर मित्रसेन थापा पुरस्कारद्वारा अलंकरण गरिने बताए। प्रेस भेलालाई सम्बोधन गर्दै उक्त दिन सम्पूर्ण भाषा, साहित्य, गीत संगीतप्रेमीलगायत सबै सबैलाई उपस्थित भइदिने निवेदन गरेका छन्।


Share this news
आजको रोजाइ

विन्टर रिलिफ कार्यक्रममा न्यानो लुगा वितरण

रोहिणीमा सड़क निर्माणतको शिलान्यास

रोहिणीमा सड़क निर्माणतको शिलान्यास

बाँदरको कारण गाउँ-बस्तीमा खेती गर्न छोड़ियो

बाँदरको कारण गाउँ-बस्तीमा खेती गर्न छोड़ियो

अनित थापाद्वारा तीनधारे महानदी समष्टिका चर्चहरूमा केक वितरण

अनित थापाद्वारा तीनधारे महानदी समष्टिका चर्चहरूमा केक वितरण

गोजमुमोबाट भागोप्रमोमा सामेल

गोजमुमोबाट भागोप्रमोमा सामेल

खरसाङको आदिम नाम कुरसोङ- दवामित लेप्चा

खरसाङको आदिम नाम कुरसोङ- दवामित लेप्चा

दार्जीलिङ र तराईका ट्याक्सी चालक सङ्गठनहरूको विवादको असर खरसाङका ट्याक्सी सेण्डिकेटलाई परेन

दार्जीलिङ र तराईका ट्याक्सी चालक सङ्गठनहरूको विवादको असर खरसाङका ट्याक्सी सेण्डिकेटलाई परेन

रोहिणी रोड चाँड़ै खोलिने

रोहिणी रोड चाँड़ै खोलिने

सन्दर्भ : 313 के हुन्छ हजारौं विद्यार्थीको भविष्य?

सन्दर्भ : 313 के हुन्छ हजारौं विद्यार्थीको भविष्य?

मास्टर मित्रसेन थापा पुरस्कार अलङ्करण 29 दिसम्बरमा

मास्टर मित्रसेन थापा पुरस्कार अलङ्करण 29 दिसम्बरमा