रोहिणीमा सड़क निर्माणतको शिलान्यास

Share this news

पंखाबारी,  (निसं)ः खरसाङ खण्ड अन्तर्गत रोहिणीको रत्नाड्याङ गाउँदेखि आलेटप झीलसम्म जाने सड़क निर्माण कार्यको शिलान्यास मंगलवार पंखाबारी लङ्भ्यू अम्बटे समष्टि कार्यकारी सभासद कल्पना प्रधानको बाहुलीबाट गरियो। यस अवसरमा घैयाबारी तीन ग्राम पञ्चायत प्रधान सुष्मा वाइबा, पञ्चायत सदस्य उमेश थापा, रोहिणी खण्ड समिति सचिव उत्तम मुखिया, सदस्यहरू विशाल गोले, विजय प्रधान, गजेन प्रधान, मिलन रसाइली, विकास दियाली साथै आलेटप अनि रत्नाड्याङ्का पार्टी प्रतिनिधि अनि सदस्यहरू, खरसाङ इञ्जिनियरिङ विभागका अभियान्ता विपेन प्रधान उपस्थित थिए। यस अवसरमा बोल्दै सभासद कल्पना प्रधानले 8.40 मिटर लामो दूरीको यस सडक निर्माण कार्यलाई खुबै असल ढङ्गमा निर्माण गर्ने तथा निर्माण कार्यमा पारदर्शितालाई अप्नाउने आग्रह गरिन्‌‍। तिनले क्षेत्रका मानिसहरूलाई बधाई दिँदै यहाँका मानिसहरूको समस्यालाई ध्यानमा राखेर सड़क निर्माण कार्य गरिदिएकोमा जीटीए प्रमुख कार्यपाल अनित थापा अनि सम्बन्धित विभ्गप्रति आभार प्रकट गरिन्‌‍।

प्रधानले अब यस सड़क निर्माण कार्यले सबैलाई सुविधा प्राप्त हुने बताउँदै जीटीए प्रमुख अनित थापाको कुशल नेतृत्वको कारणले नै आज सम्पूर्ण पहाडमा यस्ता धेरै विकासका कार्यहरू भइरहेको जनाइन्‌‍। यता ग्रामवासीहरूको पक्षबाट खण्ड समिति सचिव उत्तम मुखियाले जीटीए प्रमुख कार्यपाल अनित थापा, सभासद कल्पना प्रधान, पञ्चायत प्रधान, पञ्चायत सदस्यहरू लगायत सम्बन्धित विभाग अनि सहयोगी सबैप्रति सड़क निर्माणको कार्यलाई अघि बढ़ाइदिएकोमा कृतज्ञता व्यक्त गरेका छन्‌‍।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ