सन्दर्भ : 313 के हुन्छ हजारौं विद्यार्थीको भविष्य?

Share this news

(भाग-1)
दार्जीलिङ, 25 दिसम्बर (निसं): 313 जना शिक्षक-शिक्षिकाको नियुक्ति खारेजको निर्णयपछि उनीहरूले पढ़ाइरहेका दशौं, एघारौं र बाह्रौं श्रेणीका हजारौं विद्यार्थीको भविष्य के हुन्छ? भन्ने चिन्ताले अहिले दार्जीलिङ पहाड़मा निकै जोड़ पक्रिरहेको छ। कलकत्ता उच्च न्यायालयले गत 17 दिसम्बरको दिन जीटीए (गोर्खाल्याण्ड टेरिटोरियल एड्मिनिस्ट्रेशन) क्षेत्रमा सन् 2019-मा नियुक्त गरिएको 313 जना शिक्षक-शिक्षिकाको नियुक्ति अवैध रहेको बताउँदै उनीहरूको नियुक्तिलाई नै खारेज गरेको थियो। त्यसपछि दार्जीलिङ पहाड़का यी शिक्षक-शिक्षिकाहरूको भविष्य नै अनिश्चित बनिरहेको छ। यहाँ यी शिक्षक-शिक्षिकाहरूको भविष्यसँगै उनीहरूबाट नै शिक्षा लिइरहेका जीटीए क्षेत्रका दशौं, एघारौं अनि बाह्रौं श्रेणीका हजारौं विद्यार्थीहरूको भविष्यमाथि पनि गतिलो प्रश्नचिन्ह खड़ा भएको छ। आफ्नो नियुक्ति नै गुमाएका (आज यसमाथि स्टेअर्डर पाएका) 313 जना शिक्षक-शिक्षिकाहरूले नै पहाड़का अधिकांश विद्यालयमा सञ्चालित एघारौं र बाह्रौं श्रेणीमा अध्ययनरत विद्यार्थीहरूलाई पढ़ाइरहेका छन्। तर यी शिक्षक-शिक्षिकाहरूको नियुक्ति नै खारेज भएपछि उनीहरूको ठाउँमा बसेर कसले विद्यार्थीहरूलाई पढ़ाउने? एघारौं श्रेणीको परीक्षाको लागि यी शिक्षक-शिक्षिकाहरूले नै प्रश्न पत्रहरू तयार पार्थे, अब एघारौं श्रेणीको कुनै परीक्षा भए, त्यसको प्रश्न पत्र कसले बनाउने? किनभने, दशौं श्रेणीदेखि मुनिका विद्यार्थीहरूलाई पढ़ाउने शिक्षक-शिक्षिकाले एघारौं श्रेणीको परीक्षाको लागि प्रश्न पत्र बनाउने कुरै आउँदैन। किनभने, उनीहरूलाई विद्यार्थीहरूको पाठ्यक्रमबारे थाहै हुँदैन। आगामी 3 मार्च 2026-देखि विज्ञान विषय लिएर पढ़िरहेका बाह्रौं श्रेणीका विद्यार्थीहरूको प्रेक्टिकल परीक्षा शुरू हुनेछ, उनीहरूका लागि कुन शिक्षक-शिक्षिकाले अङ्क मूल्याङ्कन गर्ने? एकपल्टको परीक्षाको परिणामले यी विद्यार्थीहरूको भविष्य बर्बाद हुने यहाँ स्पष्ट देखिँदैछ। यी विद्यार्थीहरूको 10-12 वर्षको अध्ययनको मेहनत र परिश्रमको परिणाम के हुन्छ? आगामी 2 फरवरी 2026-देखि माध्यमिक परीक्षा शुरू हुँदैछ भने एघारौं श्रेणीको सेकेण्ड सेमिस्टरको परीक्षा पनि चाँड़ै हुनेछ। माध्यमिक परीक्षा साथै बाह्रौं श्रेणीको फोर्थ सेमिस्टरको प्रश्न पत्र स्कूल बोर्डद्वारा नै तयार गरिने भए पनि एघारौं श्रेणीको सेकेण्ड सेमिस्टरको प्रश्न पत्र स्कूलले नै तयार पार्नुपर्ने हुन्छ। जुन प्रश्न पत्र तयार पार्न अब यी 313 जना शिक्षक-शिक्षिकाको कारण धेरै समस्या हुने पनि स्पष्ट भएको छ। हाल यी 313 जना शिक्षक-शिक्षिकाको नियुक्ति खारेज भएको विषयमाथि मात्रै व्यापक चर्चा परिचर्चा भइरहेको छ। तर यी हजारौं विद्यार्थीहरूको भविष्यमाथि कसैले चर्चा नै गरेको छैन, न यसमाथि कसैले ध्यान नै दिइरहेको छ।

यसरी नै यी 313 जना शिक्षक-शिक्षिकाहरूले आगामी माध्यमिक, एघारौं श्रेणीको सेकेण्ड सेमिस्टर तथा बाह्रौं श्रेणीको फोर्थ सेमिस्टरका परीक्षार्थीहरूलाई पनि कोचिङ दिइरहेका छन्। तर आफ्नो नोकरी नै निश्चित नभएपछि उनीहरूले विद्यार्थीहरूको पढ़ाईलाई त्यति गम्भीरता देलान्? जति विगतमा उनीहरूले दिने गरेका थिए। नोकरी पाएपछि धेरैले व्याङ्कहरूबाट ऋण लिएको पनि जानकारी पाइएको छ। अब आफ्नो नियुक्ति नै खारेज भएपछि यो ऋणको बोझ, घर-परिवार चलाउने जिम्मेवारीको कारण उनीहरूले आफ्ना विद्यार्थीहरूलाई ठीकसित पढ़ाउन सक्लान्? यो चिन्ताले 313 जना शिक्षक-शिक्षिका, उनीहरूका परिवार मात्रै होइन, यी हजारौंको सङ्ख्यामा रहेका विद्यार्थीहरूका अभिभावकहरूलाई पनि सताइरहेको छ। यी विद्यार्थीहरूले यस्तो समयमा ठीकसित शिक्षा ग्रहण गर्न नपाएपछि उनीहरूको परीक्षा परिणाम कस्तो हुनेछ, त्यो अर्को चिन्ताको विषय छ। यदि साँच्चै उनीहरूले ठीकसित शिक्षा नपाएको कारण उनीहरूको परीक्षा परिणाम नकारात्मक भए उनीहरूले राम्रो कलेजमा भर्ना पाउन सक्छन्? भविष्यमा उनीहरूले उच्च शिक्षाको लागि असल मौका पाउँछन्? यस्ता कैयौं प्रश्न अनि चिन्ताहरूमाझ अघि बढ़िरहेका छन् दार्जीलिङ पहाड़का यी 313 जना शिक्षक-शिक्षिका साथै हजारौं विद्यार्थी र उनीहरूका अभिभावकहरू।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ