सहिद परिवारको साथमा सदर-1 समष्टिमा सहिद दिवस पालन

Share this news

दार्जीलिङ,28 जुलाई(निसं): दार्जीलिङ सदर-1 समष्टिमा सहिद दिवस एक विशेष श्रद्धासुमन सहित भावपूर्ण वातावरणमा मनाइएको छ। समष्टि अध्यक्ष अमृत योञ्जनको अध्यक्षता सम्पन्न कार्यक्रममा उपस्थित सम्पूर्ण जनसमुदायले सहिदहरूको अतुलनीय बलिदानप्रति गहिरो श्रद्धाञ्जली अर्पण गरे।
कार्यक्रमको शुभारम्भ धर्मगुरु लामाहरूको मन्त्रोच्चारणका साथ भएको थियो। सहिदहरूको आत्माले चिरशान्ती पाउन भनेर गरिएको पूजा, प्रार्थना र मन्त्रोच्चारणले उपस्थित सम्पूर्ण वातावरणलाई आध्यात्मिक रूपमा भावविभोर बनायो। त्यसपछि सहिद वेदिमा माल्यार्पण गरी सहिदहरूलाई सम्मानपूर्वक सम्झना गरियो भनी समष्टि मिडिया सेलले जानकारी गराएको छ।
सहिदहरु माथिको सम्बोधनमा, अध्यक्ष अमृत योञ्जन भावुक हुँदै भने, सन् 2017 सालमा आफ्नै सामुन्ने बिमल शाशंकरले प्राण त्याग गरेको सम्झना गर्दै, उनले सहिदहरूको बलिदानलाई केवल इतिहासको पानामा सीमित नराखी, वर्तमान र भविष्यको पथ प्रदर्शक मान्नुपर्ने आवश्यकता बताए।
कार्यक्रमको अन्त्यमा सहिद परिवारहरूप्रति कृतज्ञता स्वरूप सम्मान स्वरूप केही भेट कोशेली प्रदान गरिएको थियो। उक्त कार्यक्रमले सहिदहरूको स्मृतिलाई अझ गहिरो बनाउँदै, सम्पूर्ण समुदायमा एकता, जागरण र कर्तव्यबोधको भावना थप बलियो बनाएको छ भनी मिडिया सेलले बताएको छ।


Share this news
आजको रोजाइ
संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न