लायन्स क्लब अफ खरसाङको 48 औँ स्थापन दिवस

Share this news

खरसाङ, 5 जुलाई (निसं)ः लायन्स क्लब खरसाङले आफ्नो 48 औँ स्थापन (इन्स्टलेशन) दिवस समारोह शुक्रवार खरसाङस्थित कक्रेन् प्यालेसमा सम्पन्न गरियो। यसै समारोहमा क्लबका नयाँ पदाधिकारीहरूले वर्ष 2025-26 को लागि औपचारिक रूपमा कार्यभार ग्रहण गरे। नयाँ कार्यसमितिमा विवेक गोयल अध्यक्ष, आयुष गुप्ता सचिव, रजनी अग्रवाल कोषाध्यक्ष चयन भएका छन्। उनीहरूलाई पूर्व डिष्ट्रिक्ट गभर्नर केदार गजमेरले शपथ ग्रहण गराएर जिम्मेवारी सुम्पेका थिए। यसैगरी, क्लबमा नवप्रवेशी सदस्यहरू नीलम चाचन, आनन्द पारेख, रोहन चौरासिया र निरञ्जन कुमारलाई जिल्लाका पहिलो उप डिष्ट्रिक गभर्नर ज्योति गुप्ताले शपथ ग्रहण गराएर स्वागत गरे। समारोहमा बोल्दै समारोहका प्रमुख अतिथि ज्योति गुप्ताले भारतका एपी सिंह अन्तर्राष्ट्रिय लायन्स क्लबका प्रेसिडेन्ट बनेकोमा गर्व सबैले गर्व गर्नु पर्ने बताउदै हाम्रो उद्देश्य समाजका अधिक भन्दा अधिक मानिसलाई सेवा पुर्‍याउनु हो भन्दै क्लबका सदस्यहरूलाई समाजसेवामा अझै सक्रिय हुन आह्वान गरे। पूर्व डिष्ट्रिक्ट गभर्नर केदार गजमेरले क्लबको समृद्ध इतिहासको चर्चा गर्दै लायन्स क्लब खरसाङ धेरै पुरानो क्लब हो। अब क्लबले सेवासँगै युवा नेतृत्व पनि विकास गर्नुपर्छ भनी आफ्नो धारणा प्रकट गरे। नव निर्वाचित दोस्रो उप डिष्ट्रिक्ट गभर्नर शिवानी गोयन्काले क्लबले 48 वर्ष पूरा गरेकोमा खुशी व्यक्त गर्दै हामी अझ लगनशील भएर समाजको सेवामा लाग्नुपर्छ। सरकारका तन्त्रहरूसँग मिलेर समाजको सेवा कार्य गर्नुपर्छ, भनिन्। स्थापन समारोहमा क्लबका सदस्य, छिमेकी क्लबका प्रतिनिधि तथा पूर्व डिष्ट्रिक्ट गभर्नर पीसी अग्रवालको विशेष उपस्थिति रहेको थियो। क्लबका उपाध्यक्ष सरोज चौहानले स्थापन समारोह नयाँ नेतृत्वलाई औपचारिक रूपमा जिम्मेवारी हस्तान्तरण गर्ने कार्यक्रम भएको जानकारी गराइन्। कार्यक्रममा निवर्तमान अध्यक्ष वरुणले सदस्यहरूको उत्कृष्ट कार्यको कदर गर्दै अध्यक्ष पुरस्कार प्रदान गरे। कार्यक्रमको सञ्चालन विकास गोयलले गरेका थिए। यस समारोहले लायन्स क्लब अफ खरसाङको समाज सेवामा निरन्तरता र प्रतिबद्धतालाई अझ सशक्त बनाएको र आफूहरूलाई उर्जा मिलेको सहभागीहरूले बताए।


Share this news
आजको रोजाइ
पासाङ डोल्मा लामाद्वारा लिखित टिचर्स हार्टको विमोचन

पासाङ डोल्मा लामाद्वारा लिखित टिचर्स हार्टको विमोचन

रंगबुल उच्च माध्यमिक विद्यालयले उच्चत्तर माध्यमिकको दर्जा प्राप्त

रंगबुल उच्च माध्यमिक विद्यालयले उच्चत्तर माध्यमिकको दर्जा प्राप्त

जीटीए आइडलको सेमिफाइनलमा प्रवेश गरेकी सुजता लामगादेलाई बधाई अनि शुभकामना दिन कार्यक्रम

जीटीए आइडलको सेमिफाइनलमा प्रवेश गरेकी सुजता लामगादेलाई बधाई अनि शुभकामना दिन कार्यक्रम

वन्-वेको नियम राति पनि लागु हुन आवश्यक

वन्-वेको नियम राति पनि लागु हुन आवश्यक

चिम्नी देउराली ग्राम पञ्चायतको आयोजनामा प्लास्टिक ब्यागमुक्त अभियान

चिम्नी देउराली ग्राम पञ्चायतको आयोजनामा प्लास्टिक ब्यागमुक्त अभियान

खरसाङ सुपर लीग 2025 फुटबल टुर्नामेन्ट आरम्भ

खरसाङ सुपर लीग 2025 फुटबल टुर्नामेन्ट आरम्भ

सिलिगुडीका पाँच प्रमुख घुम्ने स्थानहरू

सिलिगुडीका पाँच प्रमुख घुम्ने स्थानहरू

‘जापानी बाबा वेंगा’ द्वारा भविष्यवाणी: ५ जुलाईको लागि त्सुनामीको चेतावनीले जापानमा त्रास

‘जापानी बाबा वेंगा’ द्वारा भविष्यवाणी: ५ जुलाईको लागि त्सुनामीको चेतावनीले जापानमा त्रास

IND vs ENG दोस्रो टेस्ट: केएल राहुलको अर्धशतक, भारतको अग्रता ३३० रनभन्दा बढी

IND vs ENG दोस्रो टेस्ट: केएल राहुलको अर्धशतक, भारतको अग्रता ३३० रनभन्दा बढी

Oplus_131072

“हामी सँगै आएका हौं, सँगै रहनेछौं” – दुई दशकपछि राज ठाकरेसँग पुनर्मिलनमा उद्धव ठाकरे

आजको रोजाइ