बाँदरको कारण गाउँ-बस्तीमा खेती गर्न छोड़ियो

Share this news

खरसाङ,  (सुवास छेत्री)ः बाँदरहरूले बढ्दो उपद्रवको कारण अचेल ग्रामीण क्षेत्रका मानिसहरूले आफ्नो बारीमा सागसब्जी तथा अन्य फसलहरू लगाउन छोडेका छन्‌‍। आफ्नो घरको कोठेबारी होस्‌‍, अथवा सगसब्जी एवम्‌‍ फसल लगाउने बारी होस्‌‍, ती सबै बाँझो राख्न बाध्य छन्‌‍ धेरजसो कृषकहरू। सागसब्जी रोपेर जब खाने लायकको हुन्छ बाँदरहरू पसेर सबै खाइदिने तथा नोक्सान पुर्य़ाइदिने गरेकोले पनि अचेल मानिसहरू बारीमा फसल लगाउन चाहँदैनन्‌‍, जसको कारण बारी बाँझो बन्दै गइरहेछ। अचेल बारीमा सागसब्जी तथा अन्नको सट्टा झारहरू पलाउने गरेको छ। अन्न एवम्‌‍ सागसब्जी उमारेर यसबाट लाभ प्राप्त गर्नुभन्दा बरू बजारको बासी तथा क्यामिकल एवम्‌‍ विषाणुयुक्त सागसब्जी नै खानु रुचाउँछन्‌‍ उनीहरू। दुःख गरेर बारी खनजोत गरी फसल उमारेर खान तथा बेच्न लायकको बनाएपछि बाँदर पसेर सबै सखाप पारिदिने गरेकोले अचेल बारीलाई बाँझै छोडिदिने गरेको औ आफ्नो मेहनत खेरो जाने नदिएको बताउँछन्‌‍ मानिसहरू। बाँदरको उपद्रवलाई स्थायी रूपमा रोकथाम गर्ने उपाय नप्एपछि उनीहरूले सम्बन्धित विभागसँग गुहार लगाउँदै केवल शहरी क्षेत्रमा मात्र नभएर समय-समयमा ग्रामीण क्षेत्रहरूतिर पनि भ्रमण गरेर यस्ता जङ्गली जनावरहरूको उपद्रवलाई रोक्ने उपायहरू बताइदिने अनुरोध पनि गरेका छन्‌‍। तिनीहरू अनुसार बाँदरले तिनीहरूको बारीको फसल मात्र खाइदिने होइन तर मानिसहरूमाथि नै जाइलाग्ने सम्भावना रहेकोले हाल तिनीहरूले आफूलाई अनि आफ्ना नानीहरूलाई असुरक्षित अनुभव गरिरहेको पनि जनाएका छन्‌‍।


Share this news
आजको रोजाइ

विन्टर रिलिफ कार्यक्रममा न्यानो लुगा वितरण

रोहिणीमा सड़क निर्माणतको शिलान्यास

रोहिणीमा सड़क निर्माणतको शिलान्यास

बाँदरको कारण गाउँ-बस्तीमा खेती गर्न छोड़ियो

बाँदरको कारण गाउँ-बस्तीमा खेती गर्न छोड़ियो

अनित थापाद्वारा तीनधारे महानदी समष्टिका चर्चहरूमा केक वितरण

अनित थापाद्वारा तीनधारे महानदी समष्टिका चर्चहरूमा केक वितरण

गोजमुमोबाट भागोप्रमोमा सामेल

गोजमुमोबाट भागोप्रमोमा सामेल

खरसाङको आदिम नाम कुरसोङ- दवामित लेप्चा

खरसाङको आदिम नाम कुरसोङ- दवामित लेप्चा

दार्जीलिङ र तराईका ट्याक्सी चालक सङ्गठनहरूको विवादको असर खरसाङका ट्याक्सी सेण्डिकेटलाई परेन

दार्जीलिङ र तराईका ट्याक्सी चालक सङ्गठनहरूको विवादको असर खरसाङका ट्याक्सी सेण्डिकेटलाई परेन

रोहिणी रोड चाँड़ै खोलिने

रोहिणी रोड चाँड़ै खोलिने

सन्दर्भ : 313 के हुन्छ हजारौं विद्यार्थीको भविष्य?

सन्दर्भ : 313 के हुन्छ हजारौं विद्यार्थीको भविष्य?

मास्टर मित्रसेन थापा पुरस्कार अलङ्करण 29 दिसम्बरमा

मास्टर मित्रसेन थापा पुरस्कार अलङ्करण 29 दिसम्बरमा