पश्चिम बंगाल विद्युत वितरण कम्पनी लिमिटेडको पहलमा र सिलगढी नगर निगमको सहयोगले सिलगढी शहरमा भूमिगत विद्युत तार बिछाउने काम तीब्र गतिमा भइरहेको छ। यस कामको प्रगति सम्बन्धमा नगर निगमको सभागारमा बिहीबार एउटा आपत बैठक आयोजना गरिएको थियो। बैठकमा उपमहापौर, महापौर परिषदका सदस्यहरू, बोरहरूको अध्यक्षहरू, नगर आयुक्त, सचिव, पश्चिम बंगाल विद्युत वितरण कम्पनी लिमिटेड, पी.एच.इ., पी.डब्ल्यू.डी.सहित सम्बन्धित विभिन्न विभागका अधिकारीहरू उपस्थित थिए।












