खरसाङ सुपर लीग 2025 को बिहीवारको खेलमा युकेएफसी अनि त्रिशुली सङ्घ विजय

Share this news

खरसाङ , 10 जुलाई (निसं): खरसाङ फुटबल एसोसिएसन अनि जीटीएको युवा अनि खेल मामिला विभागको संयुक्त आयोनमा खरसाङको गोथल्स मेमोरियल स्कूलको खेल मैदानमा सम्पन्न भइरहेको खरसाङ सुपर लीग फुटबल टुर्नामेन्टको बिहीवार पाँचौँ दिनको खेल सम्पन्न भएको छ। पाँचौँ दिनको खेलिएको पहिलो खेल प्रिमियर डिभिजन अन्तर्गत युकेएफसी अनि खरसाङ लिजन्टमाझ सम्पन्न भयो। यो लगभग एकतर्फी देखियो, यस खेलमा खेलमा:- युकेएफसीका खेलाडीहरूले 6 गोल गरेर खरसाङ लिजन्टलाई सजिलै हराए। खरसाङ लिजन्डका खेलाडीहरूले 1 गोल मात्र गर्न सके।दोस्रो खेल च्याम्पियन डिविजन अन्तर्गत त्रिशुली सङ्ग अनि खरसाङ भेटरेनमाझ सम्पन्न भयो। यो खेलमा पनि त्रिशुली सङ्घको एक तर्फी दबाव देखियो। त्रिशुली सङ्घका खेलाडीहरूले 8 गोल छिराए भने खरसाङ भेटरेनका खेलाड़ीहरूले कुनै गोल गर्न सकेनन्। यस प्रकार यो खेल त्रिशुली सङ्घले शुन्यको विरुद्ध 8 गोलले जितेको छ। बिहीवारको खेलको सञ्चालन हिल्स रेफेरीस एसोसिएसनका रेफेरीहरु प्रमोद प्रधान, नितेश देवान, रेबिका प्रधानले गरेका थिए भने फोर्थ अफिसियलमा सञ्जय थापा अनि प्रतीक प्रधान रहेका थिए।


Share this news
आजको रोजाइ
संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न