
संगठनको पूर्ण समिकरण अनि दलित समुदायको शिक्षा, रोजगार, अझ पनि कति ठाउँहरूमा समान रूपले उपलब्ध छन् वा छैनन् साथै मानवाधिकार, भेदभाव तथा अन्य विषयमाथि चर्चा र गम्भीर चुनौतीपूर्ण कुराहरूमा पनि ध्यान केन्द्रित गर्दै चर्चा गरियो।नेपाल-भारतीय गोर्खा अनुसूचित जातिले दलित समुदायका सार्वजनिक सेवामा दलित समुदायको उत्थान तथा सामाजिक, शैक्षिक, आर्थिक साथै राजनीतिक विकासका लागि साझा प्रयास गरिरहेको छ। विशेष गरेर दलित अथवा अनुसूचित जातिको निम्ति सरकार र क्षेत्रीय प्रशासन कार्यालय एवंम दुवै देशमा असल कार्यहरू भएका छन् त? तथापि अझ हर दलित परिवारले सरकारी सहुलियत पाएका छन् वा छैनन्। दलित समुदायको उत्थान गर्नका लागि कस्तो प्रकारको कदमहरू उठाउन सकिन्छ, अझ बलियोसँग दलित समुदायलाई शैक्षिक समान अवसर प्रदान गर्नु पर्छ, जसद्वारा उनीहरूले आफ्नो ज्ञान र कौशल विकास गर्न सक्ने वातावरण सृजना गर्न साथै दलित समुदायलाई रोजगारमा समान अवसरहरू प्रदान गरिनुपर्ने विषयमा पनि कुराकानी भयो। यसको निम्ति अझ थप कौशल प्रशिक्षण कार्यक्रमहरू गरिनु पर्छ, जसद्वारा उनीहरूले आफ्नो आर्थिक स्थिति सुधार्न सकुन् अनि समाजमा समान रूपले जीउन सक्ने कार्य गरिने विषयमाथी उल्लेख गर्दै चर्चा गरियो, दलित समुदायलाई सामाजिक न्याय प्रदान गर्नु पर्छ, जसद्वारा उनीहरूले समाजमा सम्मानित जीवन जीउन सक्नेछन्। दलित समुदायको आर्थिक विकासका लागि विशेष कार्यक्रमहरू सञ्चालित गर्नु पर्छ। राजनीतिक प्रतिनिधित्व प्रदान गर्नु पर्छ, जसद्वारा उनीहरूले आफ्नो अधिकार र हितहरू प्रतिनिधित्व गर्न सक्नेछन्। स्वास्थ्य सेवाको समान अवसर प्रदान गर्नु पर्छ। सामाजिक सुरक्षामा दलित समुदायलाई सामाजिक सुरक्षाको समान अवसर प्रदान गर्नु पर्छ भन्ने कुराहरूमा ध्यान केन्द्रित गर्दै चर्चा गरियो भनी मञ्चले जानकारी दिएको छ।