नक्सलबारी ब्लक १ सरसफाई कर्मचारी तृणमूल ट्रेड युनियनको पहलमा बागडोगरा बिहार मोडमा छट पर्वमा छटको सामग्री वितरण गरिएको छ। कार्यक्रममा दार्जीलिङ जिल्ला आईएनटिटियुसी अध्यक्ष निर्जल डे, जिल्ला कोर कमिटी सदस्य पापिया घोष, आईएनटिटियुसी नक्सलबारी ब्लक १ अध्यक्ष विजय गुरुङ, महिला ब्लक अध्यक्ष पद्मा डे राय, ब्लक सह-अध्यक्ष स्वागत घोष, सरसफाई कर्मचारी तृणमूल युनियनका अध्यक्ष गणेश मल्लिक, अपर बागडोगरा प्रमुख संजीव सिन्हा र लोअर बागडोगरा उपप्रधान विश्वजीत घोष, लोअर बागडोगरा क्षेत्रीय अध्यक्ष सन्तु दत्त, अल्पसंख्यक ब्लक अध्यक्ष साबिर अली लगायत अन्य उपस्थित थिए।









