इण्डियन गोर्खा नारी जनशक्ति फ्रन्ट खरसाङ महकुमा समितिको आयोजनामा खरसाङस्थित एउटा होटलमा नारी जनशक्ति फ्रन्टको साङ्गठनिक समीक्षा सभालाई सम्बोधन गर्दै पार्टीको महकुमा अध्यक्ष दया देवानले आईजीजेएफ पार्टीका प्रमुख अजय एडवर्ड छुट्टै राज्य गोर्खाल्याण्डप्रति कटिबद्ध रहेको बताए। देवानले थप जनाए अनुसार, शनिवार दार्जीलिङ्मा एउटा जनमत नरहेको व्यक्ति विशेषहरूद्वारा बोलाइएको सर्वदलीय बैठकमा आफ्नो सहभागिता नदर्शाएर आईजीजेएफ प्रमुख अजय एडवर्डले छुट्टै राज्य गोर्खाल्याण्ड प्रति आफ्नो इमान्दारिता एवं कटिबद्धता व्यक्त गरेका हुन्। छुट्टै राज्य गोर्खाल्याण्डप्रति आफ्नो इमान्दारिता अनि कटिबद्धता देखाएकोमा पार्टीको पक्षबाट एवं जातिको पक्षमा अजय एडवर्डप्रति देवानले कृतज्ञता व्यक्त गरे।
इण्डियन गोर्खा जनशक्ति नारी फ्रण्डकी अध्यक्षा सङ्गीता छेत्रीले शनिवार दार्जीलिङ्मा भएको सर्वदलीय बैठकलाई केन्द्र गर्दै बताए अनुसार, पहाड़मा छुट्टै राज्य गोर्खाल्याण्डको मागमा धाक पिट्ने नेताहरू हिजको सर्व दलीय बैठकमा देखिएनन्। यसले स्पष्ट पार्दछ कि गोर्खाल्याण्डप्रति वा सत्ताप्रति को कति अघि रहेको छ। तिनले यो पनि बताईन् कि आईजीजेएफ पार्टी सत्ताको लोभमा नभएर निःस्वार्थ जनताको सेवामा उत्रिएको छ। चुनाव अघि सत्ताको लोभमा कतिपय नेतृत्वहरू आईजीजेएफमा आएका थिए तर अहिले तिनीहरू सत्ताको निम्ति भाजपामा सामेल भएका छन्। भाजपाले बुझ्नु पर्छ कि पहाड़का जनताले भाजपालाई स्थायी राजनितिक समाधानको निम्ति भोट दिएर जिताएको हुन्। यो सभा नारी जनशक्ति खरसाङ महकुमा समिति अध्यक्षा सङ्गीता छेत्रीको अध्यक्षतामा सम्पन्न भएको थियो।
यो समीक्षा सभामा विशेष आमन्त्रित अतिथिमा केन्द्रीय समितिका मुख्य संयोजक अजय एडवर्ड उपस्थित रहेका थिए। सभामा अतिथिको रुपमा आईजीजेएफ खरसाङ महकुमा समितिको अध्यक्ष दया देवान, मूल सचिव अनुजा राई, युवा जनशक्ति फ्रण्ट खरसाङ महकुमा समिति अध्यक्ष दिपराज रसाईली, मूल सचिव विश्व राई, मीडिया सेल प्रतिनिधि अभिनन्दन राउतको पनि उपस्थित थियो। सभाको सञ्चालन नारी जनशक्ति फ्रण्ट महकुमा समिति मूल सचिव जीना छेत्रीले गरेकी थिए। सभालाई आईजीजेएफ खरसाङ महकुमा समिति अध्यक्ष दया देवान, नारी जनशक्ति फ्रण्ट अध्यक्षा सङ्गीता छेत्री, केन्द्रीय संयोजक अजय एडवर्ड सहित टुङ सन्त मेरीज संयोजक रजनी गजमेर, तकलिङ पेशोक सचिव रचना सुब्बा, सोनादा पचेङ समष्टिकी दमयन्ती थापाले सम्बोधन गरेका थिए।












