पहाड़ममा अहिले ठूला-ठूला वाहनहरू आइरहेका छन्। पहाड़को साँघुरो सड़कमा आउने यस्ता वाहानहरूको कारण यातयात जामको समस्या सृजना हुने गरेको पाइएको छ। पहाड़को साँघुरो सड़कमा यस्ता ठूला-ठूला वाहन आउने गरेकोले दुर्घटनाको सम्भावना पनि बढ़ेर गएको मानिसहरूले गुनासो गरिरहेका छन््। वर्तमानमा यस्ता ठूलो आकारको गाड़ीहरू पहाड़को साँघुरो सड़मा गुड़ने गरेको पाइएको छ भने यस्ता गाड़ीहरूको कारण यातायत जाम भइरहेको पनि देखिएको छ। विभिन्न माल-सामना लिएर आउने यस्ता गाड़ीका चालकहरूलाई पहाड़को सड़क र स्थानहरूको बारेमा सठीक जानकारी नरहेको कारण यस्ता वाहनको कारण जामको स्थिति सृजना हुने गरेको पाइएको छ।
अघिको समयमा पहाड़मा एक विशेष आकार र ओजनको गाड़ी समित ओजन लिएर चल्ने अनुमति थियो तर विगत केही समय यता रोहिणी रोड, राष्ट्रिय राजमार्ग 110 मा यो नियम लागु नभएको देखिएको छ। यसै गरी वर्तमानमा खरसाङ्को विभिन्न साँघुरो सड़कहरूमा ठूला ठूला ट्रकहरू पनि कुदिरहेको देखिएका छन्। अत्यधिक भारी सामन बोकेर चल्ने यस्ता भारी ट्रकहरूको कारण दुर्घटनाको सम्भावनाको साथै पैह्रोको सम्भावना रहने पनि कतिपयको गुनासो छ। पहाड़को साँघुरो सड़कमा यस्ता ठूलो आकार र भारी ओजनका गाड़ीहरूको चलाचलमा प्रतिबन्ध लगाउन पर्ने मानिसहरूको माग छ।
यस विषयमा खरसाङ ट्राफिक पुलिकका प्रभारी विकास चामलिङसित प्रश्न गर्दा तिनले भने- पहाड़मा विशेष गरेर एलपीजी ग्यासको सिलिण्डर बोग्ने गाड़ी अनि तेलको ट्याङ्करहरू ठूलो आकारका हुन्छन्, अन्य ठूलो गाड़ी माजदा ट्रकहरू कुद्छन्। कहिले काहीँ अन्य ठूलो गाड़ीहरू आउँछन्, ती गाड़ीहरूको राष्ट्रिय परमीट हुन्छ अथवा परमीट लिएरै आएका हुन्छन्।












