राजु विष्टले गरे जिल्ला विकास समन्वय एवम् निगरानी समिति (DISHA) को पहिलो बैठकको अध्यक्षता

Share this news

दार्जीलिङका सांसद राजु विष्टले शनिबार कालिम्पोङ जिल्लाका लागि ‘दिशा’ अर्थात् जिल्ला विकास समन्वय एवम् निगरानी समिति (DISHA) को पहिलो बैठकको अध्यक्षता गरेका थिए।

‘दिशा’ समितिले प्रशासन प्रणालीमा रहेका संस्थागत फाटोहरूलाई कम गर्दै निर्वाचित प्रतिनिधिहरू र जिल्ला प्रशासनबीच निकट समन्वय प्रवर्धन गरी केन्द्रीय तथा राज्य सरकारका विभिन्न विकास परियोजनाहरूको प्रभावकारी कार्यान्वयन र अनुगमन सुनिश्चित गर्दछ।

उक्त बैठकमा, हामीले शिक्षा, स्वस्था लगायत ग्रामीण क्षेत्रमा हर घर जल योजना, कालेबुङ नगरपालिका, राष्ट्रीय राजमार्ग तथा जिल्लाभर ग्रामीण सड़कहरूमा चलिरहेका निर्माण एवम् मर्म्मत कार्यको समीक्षा गऱ्यौँ। हामीले अन्नपूर्ण भण्डार योजना, प्रधानमन्त्री आवास योजना (PMAY), आयुष्मान भारत, NRLM, NHM, ICDS, VB G-RAM-G, र अन्य महत्त्वपूर्ण सामाजिक कल्याण योजनाहरूको कार्यान्वयनका चुनौती अनि समाधानहरूको बारेमा पनि छलफल गऱ्यौँ।

माननीय प्रधानमन्त्री श्री नरेन्द्र मोदीज्यू र माननीय मुख्यमन्त्री श्री सुवेन्दु अधिकारीज्यूको दूरदर्शी नेतृत्वअन्तर्गत बीजेपी को “डबल इञ्जिन” सरकार पारदर्शी, उत्तरदायी, अनि जन-केन्द्रित प्रशासन स्थापित गर्दै हरेक नागरिकका लागि “जीवन-यापनमा सहजता” उपलब्ध गराउन अथक रूपले क्रियाशील छ।

यस बैठकमा कालेबुङका माननीय विधायक श्री भरत छेत्रीज्यू, कालेबुङ जिल्ला म्याजिस्ट्रेट, एडीएम, जीटीए सचिव, कालेबुङका एसडीओ, सबै बीडिओहरू, CMOH, NHIDCL, PMGSY Executive Engineer अनि अन्य वरिष्ठ अधिकारीहरूको उपस्थिति थियो।

Share this news
आजको रोजाइ
कतारका पूर्व अमिर शेख हमाद बिन खलिफा अल थानीको ७४ वर्षको उमेरमा निधन

कतारका पूर्व अमिर शेख हमाद बिन खलिफा अल थानीको ७४ वर्षको उमेरमा निधन

डाबग्रामको तेलीपाडामा निकास समस्याले जनजीवन प्रभावित, स्थानीयवासी सास्तीमा

डाबग्रामको तेलीपाडामा निकास समस्याले जनजीवन प्रभावित, स्थानीयवासी सास्तीमा

राजु विष्टले गरे जिल्ला विकास समन्वय एवम् निगरानी समिति (DISHA) को पहिलो बैठकको अध्यक्षता

राजु विष्टले गरे जिल्ला विकास समन्वय एवम् निगरानी समिति (DISHA) को पहिलो बैठकको अध्यक्षता

भारतद्वारा तटीय क्षेत्रहरूमा ठूलो व्यापार प्रवर्द्धनका लागि आधार तयार

भारतद्वारा तटीय क्षेत्रहरूमा ठूलो व्यापार प्रवर्द्धनका लागि आधार तयार

इमोसन क्लबद्वारा बाघधारा रोड क्षेत्रमा चलाइयो व्यापक सरसफाइ अभियान

इमोसन क्लबद्वारा बाघधारा रोड क्षेत्रमा चलाइयो व्यापक सरसफाइ अभियान

पखावजका साधक, लोकबाजाका संवाहक पण्डित निशान्त

पखावजका साधक, लोकबाजाका संवाहक पण्डित निशान्त

१ महिना लगातार ओट्स खाँदा पाचन र तौलमा कस्तो असर पर्छ?

१ महिना लगातार ओट्स खाँदा पाचन र तौलमा कस्तो असर पर्छ?

स्टेजमै रोमान्स: ज्यास्मिन स्यान्डलासद्वारा शेखर चौधरीसँग इन्गेजमेन्टको घोषणा!

स्टेजमै रोमान्स: ज्यास्मिन स्यान्डलासद्वारा शेखर चौधरीसँग इन्गेजमेन्टको घोषणा!

के OpenAI को GPT-5.6 क्लासले Anthropic को Fable-क्लास मोडलहरूलाई उछिनेको छ?

के OpenAI को GPT-5.6 क्लासले Anthropic को Fable-क्लास मोडलहरूलाई उछिनेको छ?

टोरन्टोको सडक महोत्सवमा गोलीबारी, दुई जनाको मृत्यु, ६ जना घाइते

टोरन्टोको सडक महोत्सवमा गोलीबारी, दुई जनाको मृत्यु, ६ जना घाइते

आजको रोजाइ