रूङदुङ मुक्ति पुलको जग धस्कियो

Share this news

मिनरल स्प्रीङ, 7  अगस्त (अनिल जिम्बा ): मिनरल स्प्रीङको सम्पूर्ण क्षेत्रलाई लेबोङ दार्जीलिङ शहर लगायत अन्य स्थानसित सडक मार्गले जोड्ने पान्दाम चियाबारी अनि आङ्खु माझमा अवस्थित रुङदुङ खोलामाथि बनाएको फलामको बेली ब्रिज जसलाई रुङदुङ मुक्ति पुल भनिन्छ उक्त पुलको याङ्खुपट्टिको आधार जग अथवा फाउण्डेशनको ठूलो अंश धस्केर गएको हुनाले स्थानीय मानिसहरू चिन्तित बनेका छन्।पुल जडान गरिएको ठीक मुनिल्लतिर फाउण्डेशन-को ठूलो अंश झरेर खोलामा पसेको हुनाले रुङदुङ खोलाको आधा भाग नै उक्त झरेको हिस्साले ढाकेको छ भने खोला बढेर आएको बेला पानीले आफ्नो दिशा बदलिए सोझै पुल मुनिको अंशलाई ठूलो क्षति पुर्‍याउने सम्भावना बढेर गएको छ।। यसरी पुल मुनिको अंशलाई क्षति पुगेको खण्डमा उक्त मुक्ति पुल धरासयी हुन सक्छ जसले गर्दा यो पुल भएर ओहोर-दोहोर गर्ने सम्पूर्ण जनसाधारण तथा यात्रुहरु प्रभाव पर्न जान्छ यसर्थ यस विषयलाई सम्बन्धित निकायले समयमा नै निरीक्षण गरी उचित पहल गरीदिए राम्रो हुनेछ भनी गाउँवासीको पक्षमा मिनरल स्प्रीङ यांखु निवासी मणिराज राईले सन्चार माध्यमलाई जनाएका छन्। विगत दागोपाप-को समयमा विभागिय रुपमा नै पुलको निरीक्षण रंग पचेरा आदिको कार्य हुन्थ्यो तर अहिले यस्तो केही भएको जस्तो लाग्दैन। विभागले पनि यसको देखरेख गरिदिए अति उत्तम हुनेथियो उनी भन्छन्। पुललाई जडान गरिएको एकापट्टिको  नट बोल्ट पनि निकालिएको तथा हराएको देखिएको छ यसले पुल तथा वाहनहरुको भार वहन गर्ने क्षमतालाई प्रभाव पार्ने हुनाले यो विषय अति निन्दनीय तथा चिन्तित तुल्याउने भएको हूनाले सम्बन्धित विभागले यसप्रति चाँडै पहल गरीदिनु पर्छ भनी उनले भनेका छन्। ज्ञात रहोस रुङदुङ खोलामाथिको यो बेली ब्रिजको निर्माण पश्चात 1 अक्टोबर 1995 सालमा दार्जीलिङ गोर्खा पार्वत्य परिषद्का अध्यक्ष स्वर्गीय सुवास घिसिङले गरेका थिए भने त्यसपछि नै मिनरल स्प्रीङ क्षेत्र सडक मार्गले अन्य स्थानसित जोडिन पुगेको थियो।


Share this news
आजको रोजाइ
संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न