रोहिणीमा सड़क निर्माणतको शिलान्यास

Share this news

पंखाबारी,  (निसं)ः खरसाङ खण्ड अन्तर्गत रोहिणीको रत्नाड्याङ गाउँदेखि आलेटप झीलसम्म जाने सड़क निर्माण कार्यको शिलान्यास मंगलवार पंखाबारी लङ्भ्यू अम्बटे समष्टि कार्यकारी सभासद कल्पना प्रधानको बाहुलीबाट गरियो। यस अवसरमा घैयाबारी तीन ग्राम पञ्चायत प्रधान सुष्मा वाइबा, पञ्चायत सदस्य उमेश थापा, रोहिणी खण्ड समिति सचिव उत्तम मुखिया, सदस्यहरू विशाल गोले, विजय प्रधान, गजेन प्रधान, मिलन रसाइली, विकास दियाली साथै आलेटप अनि रत्नाड्याङ्का पार्टी प्रतिनिधि अनि सदस्यहरू, खरसाङ इञ्जिनियरिङ विभागका अभियान्ता विपेन प्रधान उपस्थित थिए। यस अवसरमा बोल्दै सभासद कल्पना प्रधानले 8.40 मिटर लामो दूरीको यस सडक निर्माण कार्यलाई खुबै असल ढङ्गमा निर्माण गर्ने तथा निर्माण कार्यमा पारदर्शितालाई अप्नाउने आग्रह गरिन्‌‍। तिनले क्षेत्रका मानिसहरूलाई बधाई दिँदै यहाँका मानिसहरूको समस्यालाई ध्यानमा राखेर सड़क निर्माण कार्य गरिदिएकोमा जीटीए प्रमुख कार्यपाल अनित थापा अनि सम्बन्धित विभ्गप्रति आभार प्रकट गरिन्‌‍। प्रधानले अब यस सड़क निर्माण कार्यले सबैलाई सुविधा प्राप्त हुने बताउँदै जीटीए प्रमुख अनित थापाको कुशल नेतृत्वको कारणले नै आज सम्पूर्ण पहाडमा यस्ता धेरै विकासका कार्यहरू भइरहेको जनाइन्‌‍। यता ग्रामवासीहरूको पक्षबाट खण्ड समिति सचिव उत्तम मुखियाले जीटीए प्रमुख कार्यपाल अनित थापा, सभासद कल्पना प्रधान, पञ्चायत प्रधान, पञ्चायत सदस्यहरू लगायत सम्बन्धित विभाग अनि सहयोगी सबैप्रति सड़क निर्माणको कार्यलाई अघि बढ़ाइदिएकोमा कृतज्ञता व्यक्त गरेका छन्‌‍।


Share this news
आजको रोजाइ

विन्टर रिलिफ कार्यक्रममा न्यानो लुगा वितरण

रोहिणीमा सड़क निर्माणतको शिलान्यास

रोहिणीमा सड़क निर्माणतको शिलान्यास

बाँदरको कारण गाउँ-बस्तीमा खेती गर्न छोड़ियो

बाँदरको कारण गाउँ-बस्तीमा खेती गर्न छोड़ियो

अनित थापाद्वारा तीनधारे महानदी समष्टिका चर्चहरूमा केक वितरण

अनित थापाद्वारा तीनधारे महानदी समष्टिका चर्चहरूमा केक वितरण

गोजमुमोबाट भागोप्रमोमा सामेल

गोजमुमोबाट भागोप्रमोमा सामेल

खरसाङको आदिम नाम कुरसोङ- दवामित लेप्चा

खरसाङको आदिम नाम कुरसोङ- दवामित लेप्चा

दार्जीलिङ र तराईका ट्याक्सी चालक सङ्गठनहरूको विवादको असर खरसाङका ट्याक्सी सेण्डिकेटलाई परेन

दार्जीलिङ र तराईका ट्याक्सी चालक सङ्गठनहरूको विवादको असर खरसाङका ट्याक्सी सेण्डिकेटलाई परेन

रोहिणी रोड चाँड़ै खोलिने

रोहिणी रोड चाँड़ै खोलिने

सन्दर्भ : 313 के हुन्छ हजारौं विद्यार्थीको भविष्य?

सन्दर्भ : 313 के हुन्छ हजारौं विद्यार्थीको भविष्य?

मास्टर मित्रसेन थापा पुरस्कार अलङ्करण 29 दिसम्बरमा

मास्टर मित्रसेन थापा पुरस्कार अलङ्करण 29 दिसम्बरमा