सिङ्गबुङ्ग डेरा मौजा विद्युत उपभोग समिति गठन

Share this news

मजुवा,  6 जुलाई(निसं): सिङ्गबुङ्ग डेरा मौजा विद्युत उपभोग समिति गठन गर्दै एक औपचारिक सभाको आयोजना गर्‍यो। कमल कुमार राईको सभापतित्वमा सम्पन्न सभामा मजुवा ग्राम वार्ड नम्बर 1 का सदस्य मोहन राईको विशेष उपस्थितिमा सिङ्गबुङ्ग डेरा मौजा अन्तर्गत रहेको 16 वटा डीटीआरका उपभोक्ताहरूले आ-आफ्नो समस्याहरू सभामा राख्दै, विद्युत अनियमितताको अवश्यकतालाई सबै मिलेर निराकरण गर्नु पर्छ भन्ने विचारहरू पोखे।
उक्त विषयहरूलाई समिक्षात्मक चर्चा गर्दै प्रत्येक डीटीआर-का दुई-दुइजना उपभोक्ताहरूलाई लिएर सिङ्गबुङ्ग डेरा मौजा विद्युत उपभोग समितिको गठन गरियो। जसमा दुइजना संयोजकको नियुक्तिमा प्रथम कमल कुमार राई अनि दोस्रो दिलन सुब्बा लगायत 34 जनाको उपभोक्ता समितिलाई चयन गरिएको छ।
बिजनबारी अन्तर्गत जडान बिजुली बत्तीको अनियमिततामा मजुवा ग्रामका उपभोक्ताहरू केही दिनदेखि आन्दोलित रहेको थियो भनी समितिले बताएको छ। आज बसेको सभामा स्पष्ट भएपछि मजुवा ग्राम सिङ्गबुङ्ग डेरा मौजा अन्तर्गतका उपभोक्ताहरूमा कतिपय सुझबुझ नभएको पनि बताइएको छ भने उपभोक्ताहरुलाई असुविधा भएको एचटी लाइनमा जम्पर-को समाधान साथै लाइनमेन-हरू आदिको  कमीलाई महशुस गरियो। जसमा सबै समस्याहरू समाधान हेतु मागहरू माथिल्लो स्तरमा चडाई सकिएको संयोजक राईले जनाए। अबोप्रान्त कतिपय समस्याहरू क्षेत्रिय स्तरमा पहल गर्नु पर्ने कुराहरू संज्ञानमा लिईसकेको बताए। अप्पर सिङ्गबुङ्ग डेरा सार्वजनिक भवनमा सम्पन्न सभालाई मन प्रशाद सुब्बाले सञ्चालन गरेका थिए।



Share this news
आजको रोजाइ
जलाधार महोत्सव पर्यावरणीय उत्तरदायित्वको महत्त्व

जलाधार महोत्सव पर्यावरणीय उत्तरदायित्वको महत्त्व

गाउँलाई पुच्का खुवाउने परिश्रमी भाष्कर राई 

गाउँलाई पुच्का खुवाउने परिश्रमी भाष्कर राई 

बिक्रम थापा बने अरुणाचल प्रदेशमा आयोजित ब्रुट विजेता

बिक्रम थापा बने अरुणाचल प्रदेशमा आयोजित ब्रुट विजेता

घलेगाउँ विशाल राईको घरमा आगलागी 

घलेगाउँ विशाल राईको घरमा आगलागी 

हिमालय इनिशिएटिवको एक्शन फर माउन्टेन एण्ड पिपल्स कार्यक्रम

हिमालय इनिशिएटिवको एक्शन फर माउन्टेन एण्ड पिपल्स कार्यक्रम

संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने