बिक्रम थापा बने अरुणाचल प्रदेशमा आयोजित ब्रुट विजेता

Share this news

दार्जीलिङ, 4 दिसम्बर(निसं): दार्जीलिङका बिक्रम थापा 50 किलोमिटर (35–45 वर्ष पुरुष) श्रेणीमा ब्रुट-बसर अल्ट्रा ट्र्याल रनिङ एक्स्पिरेन्स-को 5औँ संस्करणमा विजेता बनेका छन्। यो प्रतिष्ठित अन्तर्राष्ट्रिय ट्रेल रनिङ कार्यक्रम गत 30 नोभेम्बरमा अरुणाचल प्रदेशको लेपराडा जिल्ला अन्तर्गत बसारमा सम्पन्न भएको थियो। ब्रुट-बसर अल्ट्रा ट्र्याल रनिङ एक्स्पिरेन्स पूर्वोत्तर भारतका सबैभन्दा कठिन र सुन्दर ट्रेल रनिङ कार्यक्रमहरू मध्ये एक मानिन्छ, जहाँ तीव्र उकालो, घना बनजंगल, प्राविधिक बाटोहरू, र मनमोहक हिमाली दृश्य देख्न सकिन्छ। यो प्रतियोगिता देशभरका उत्कृष्ट तथा उत्साही धावकहरूलाई आकर्षित गर्छ, जसले आफ्नो धैर्य, मानसिक दृढता र पर्वत–दौड क्षमताको प्रदर्शन गर्छन्। थापा प्रोजेक्ट लाइफका संयोजक  समेत हुन्, जसले दार्जीलिङ, कालेबुङ र सिक्किममा समूहिक दौड तथा स्वस्थ जीवनशैलीलाई प्रवर्द्धन गर्ने सामुदायिक प्रयासका रूपमा कार्य गर्दै आएको छ। उनले आफ्नो धावन यात्राभर साथ दिएका प्रोजेक्ट लाइफका सदस्यहरूलाई अतुलनीय सहयोग, प्रेरणा र साथका लागि हृदयपूर्वक धन्यवाद व्यक्त गरेका छन्।त्यसै कार्यक्रममा, बुङ्कुलुङकी रञ्जना सुब्बाले 3० किलोमिटर श्रेणीमा दोस्रो स्थान हासिल गरिन्, जबकि लामाहट्टाकी सुक लामु शेर्पाले 50 किलोमिटर श्रेणीमा चौथो स्थान प्राप्त गर्दै बलियो प्रदर्शन गरिन्। दुबै जनाले प्रोजेक्ट लाइफ (दार्जीलिङ) को गर्व बढाएका छन्।
ब्रुटको 5औँ संस्करणमा देशका विभिन्न स्थानबाट 3 सय  भन्दा बढी धावकहरूको सहभागिता रह्यो, जसले यसलाई पूर्वोत्तर भारतकै सबैभन्दा प्रतिस्पर्धात्मक र उत्सवमय ट्रेल–रनिङ कार्यक्रममध्ये एक बनाएको छ।उनीहरूको उत्कृष्ट उपलब्धिले सम्पूर्ण क्षेत्रलाई गर्वान्वित बनाएको छ र स्वस्थ तथा खुशी जीवनशैलीको दिशामा अरूलाई पनि प्रेरित गर्नेछ भनी प्रशंसहरु बताउछन्।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ