
यसैगरी कार्यक्रममा आफ्नो सम्बोधनको क्रममा प्रा. विक्रम राईले दार्जीलिङ वेलफेयर सोसाइटी-ले नारी सशक्तीकरणमा एउटा प्रमुख भूमिका निभाईरहेको उल्लेख गरे भने मानिस जति नै ठूला ठूला पदमा पुगे पनि आफ्नू जरा बिर्सिनु नहुने उदाहरण दार्जीलिङ वेलफेयर सोसाइटी प्रमुख हर्षबर्द्गन शृङ्ला रहेको बताउदै उनले सस्थाको नाममा दार्जीलिङ राख्नु नै उनी कति जाति तथा आफ्नो जराप्रती समर्पित रहेको भन्ने छर्लङ्ग भएको उल्लेख गरे। अन्तराष्ट्रिय स्तरममा देशलाई चिनाउने काम गर्नु सँगसंगै श्रीङलाले दार्जीलिङको समाजलाई पनि दिइरहेको बहुमूल्य योगदान अतिनै सराहनीय रहेको राईले उल्लेख गरे l
प्रा. विक्रम राईले विशेष गरि नारीहरु माथि भइरहेको हेला होचो, तस्करी , बलत्कारहरुलाई खण्डन गर्दै समकालीन समयमा सबै भन्दा प्रमुख कुरा भनेको नै नारी सशक्तीकरण र नारी सुरक्षा रहेको कुरामा जोड़ दिए l यसका साथमा यहि कुराहरूलाई सञ्चारमा तथा व्यहारिकतामा ल्याउनको निम्ति यस्ता कार्यक्रमहरूको आवश्यकता रहेको समेत राईले बताए l उनले भने, स्वर्गीय क्याप्टेन ब्रीजेश थापाको स्मृतिमा दार्जीलिङ वेलफेयर सोसाइटी-द्वारा उत्कृष्ट उपलब्धि पुरस्कारको घोषणा गर्दा एउटा भावुक क्षण कार्यक्रममा छाएको थियो। पहिलो पुरस्कार प्रापकहरुमा सगरमाथा आरोहण गर्ने प्रतिमा राई र 20154 -को युपीएससी टपर-हरू क्रमैले जोजिला डोलकर भुटिया र प्रतिभा लामा सबै नारी रहेको र नारीहरु यसरी अगाडी बढेर समाजलाई नै दिशा निर्देश गर्ने काम वर्तमानमा गरीरहेको कुरा प्राध्यापक विक्रम राईले बताए l यस्तै डा. हर्षवर्धन प्रति यस्ता ज्ञानमुलक, समाजलाई जागरूकता गराउने कार्यक्रम आयोजना गरेकोमा प्राध्यापक राईले कृतज्ञता प्रदान गर्दा विकरन फाउण्डेशनले भविष्यमा कुनै पनि प्रकारको सहयोग पुर्याउन सके आफुलाई सन्तुष्टि हुने कुरा बताएl दार्जीलिङ वेलफेयर सोसाइटी-ले स्थानीय भानु भवन, दार्जीलिङमा आयोजना गरेको कार्यक्रममा पहाडभरिबाट प्रतिष्ठित व्यक्तिहरू, रक्षा अधिकारीहरू, शिक्षकहरू, र युवा इच्छुकहरूलाई एकै ठाउँमा ल्याएको थियो। स्मरण रहोस् , प्राध्यापक बिक्रम राई सन्त जोसेफ महाविद्यालय दार्जीलिङका प्राध्यापक हुन भने उनले अन्तर्राष्ट्रिय स्तरमा गोर्खाहरुलाई प्रतिनिधित्व गर्दै विभिन्न दौडहरुमा भाग लिएका म्याराथन धावक हुन। यस्तै उनले विकरण फाउण्डेसन नामक सामाजिक सगठनको माध्यमबाट विगतको कोबिड महामारीको समयमा दार्जीलिङका विभिन्न क्षेत्रमा स्थानीयहरुलाई नि:शुक्ल सहयोग पुर्याएका थिए भने समाजका विभिन्न वर्गका मानिसहरु सगै देशको विभिन्न भागहरुमा आयोजना हुने म्याराथन दौडहरुमा पुर्याउन स्थानीय धावकहरुलाई सहयोग प्रदान गर्दै आइरजेका छन् ।
